२८ असार, काठमाडौं |नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बबताउनु भएको छ ।
‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भन्नु भयो । यसपटक अदालतले आफ्नो गरिमा बढाएको वहाँले बताउनु भयो ।
संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भन्नु भयो । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।
यो व्याख्याले संविधानको व्याख्या भएको नेपालले बताउनु भयो ।