एमालेको नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरियो

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असार, काठमाडौं : नेकपा (एमाले) को माधव नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले यसको जानकारी गराउनु भएको छ।

अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिती फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी गराएको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिनुभयो।

पार्टी एकता प्रक्रिया अघि बढेकाले अहिलेको अवस्थामा विपक्षी गठबन्धनमा रहन नसकिने पन्तले बताउनु भयो। अब कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीको एकतावद्ध निर्णयबाट गरिने उहाँले बताउनु भयो।

नेता नेपालले शेरबहादुर देउवालाई सबैलाई समेटेर अघि बढ्न आग्रह गरेको पनि पन्तले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.