कांग्रेसबाट खाँण र कार्की, माओवादीबाट शर्मा र भुसाल मन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

२९ असार, काठमाडौं  : कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्नु भएको छ।

खाँणले गृह र कार्कीले न्याय, कानूनतथा संसदीय मामिला मन्त्रालयको जिम्मा पाउनु भएको छ।

प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक खाँण यसअघि रक्षा मन्त्री पनि बन्नु भएको थियो। यस्तै, कार्की यसअघि अर्थमन्त्री बन्नु भएको थियो।

माओवादी केन्द्रबाट जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुसाल मन्त्री बन्नु भएको छ। शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अर्को सत्ता साझेदार दल जसपा भने आज मन्त्रिमण्डलमा सहभागी भएन । न्यूनतम साझा कार्यक्रम तय भएपछि मात्र मन्त्रिमण्डलमा सहभागी हुने जसपा केन्द्रीय कार्यकारिणी समितिको मंगलबारको बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.