कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

३१ असार, काठमाडौं : काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।

बुधबार सिंहदरवारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन भएको हो ।

प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिनु भएको हो ।

‘कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारवाहीका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेख्नु भएको छ, ‘कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

देउवा सरकारले कोरोना नियन्त्रण र खोपको उपलब्धतालाई प्राथमिकता दिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

साथै कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण सुरु गर्ने निर्णय पनि गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.