३१ असार , मेचीनगर : झापाको कचनकवल गाउँपालिका —१ घेरावारीस्थित बुद्घ माध्यमिक विद्यालयमा विहीबार आइसिटी ल्यावको उद्घाटन भएको छ । विद्यालय परिसरमा आयोजित आइसिटी ल्यावको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेन र विशिष्ट अतिथि १ नम्बर प्रदेश सभा सदस्य बशन्त बानियाँले संयुक्तरुपमा गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशीलाल राजवंशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि लिङ्गदेन र विशिष्ट अतिथि बानियाँले अहिलकोे समय प्रविधिको समय भएकाले हरेक क्षेत्र प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । अब परम्परागत शिक्षा भन्दा पनि प्राविधिक शिक्षाको आवश्यकता महशुस गरी हरेक नागरिक प्राविधिक शिक्षातर्फ आर्कषण भइरहेकाले हरेक विद्यालयले प्रविधिक शिक्षा भित्रियाउनुपर्नेमा जोड दिनुभयो ।
हरेकले संख्यात्मक भन्दा पनि गुणात्मकक कुरामा जोड दिदैं उहाँहरुले बुद्घ माध्यमिक विद्यालयमा आइसिटी ल्याव सञ्चालनमा आए पछि गुणस्तरीय अनि प्राविधिक शिक्षा प्राप्तिको शुभकामना व्यक्त गर्नुभयो । विद्यालयका प्रधानध्यापक शिवनारायण राजवंशीले गतवर्ष १ नम्बर प्रदेश सभा सदस्य बशन्त बानियाँले सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेश अन्तर्गत शिक्षा निर्देशनालयबाट २ लाख ५० हजार रुपैयाँ वजेटको व्यवस्थापन गरिदिनुभएको थियो । चालु आर्थिक वर्ष २०७७/०७८ मा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेन मार्फत ६ लाख ५० हजार रुपैयाँ गरी कुल ९ लाख रुपैयाँमा आइसिटी ल्याव सञ्चालनमा आएको प्रधानध्यापक राजवंशीले बताउनुभयो । ल्यावमा नौवटा कम्प्युटर, दुईवटा ल्यापटप,प्रिन्टर, प्रोजेक्टरसहित कम्प्युटर टुललगायतका सामग्री रहेका छन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानध्यापक शिवनारायण राजवंशी र स्वागत विद्यालयका शिक्षक चन्द्रबहादुर गणेशले गर्नुभएको स्थानीय संवाददाता रमेशकुमार गणेशले जानकारी दिनुभयो ।
साथै बालुवाडीमा कचनकवलका कम्प्युटर शिक्षकहरुका लागि आयोजित नौ दिवशिय तालिमको समापन भएको छ । समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेनले विगतमा हरेक प्रकारका अवसरबाट बञ्चित कचनकवल गाउँपालिका पछिल्लो समय हरेक क्षेत्रमा अघि बढ्न थालेकाले खुशी व्यक्त गर्नुभयो ।