२ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार १६४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार ६६ जनाको कोरोना परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ७ लाख १४ हजार २४८ जना संक्रमित भएका छन भने ६ लाख ३० हजार ४०७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।