माधव नेपालप्रति ओलीको टिप्पणी : सरकार ढाल्ने, अनि उनैलाई अध्यक्ष बनाउनुपर्ने ?

४ साउन, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको बताए । नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’

नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ । उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।’

अनलाइनखबरबाट

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.