प्रहरी प्रधान कार्यालयद्वारा ९८ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई)हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो ।

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.