कोभिड १९ को असर अध्यगमनको राजस्वमा देखियो

एकवर्षमा एउटा पनि भिसा जारी भएनन्

A notice in Nepali from Mechinagar Ward No. 10

८ साउन, काँकरभिट्टाः कोभिड १९ को प्रत्यक्ष मार अध्यगमन कार्यालय काँकरभिट्टामा परेको छ । बंगलादेश तथा अन्य मुलुकबाट नेपाल घुम्न आउने तथा यो नाका भएर अन्य देश जाने पर्यटकहरुलाई भिसा जारी गदैं आएको यस कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा एउटै पनि भिसा जारी गरेको छैन् ।
कोभिड १९ का कारण नाका ठप्प हुदाँ पर्यटक नआएपछि भिसा जारी गरेवापतको राजस्व समेत प्रभावित बनेको अध्यगमन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख जनक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार १५ दिनका लागि भिसा जारी गरे वापत युएसए ३० डलर ३० दिनका लागि ५० डलर र ९० दिनका लागि एकसय २५ डलर कार्यालयले लिने गरेको थियो । भारतको पश्चिम बंगाल राज्यकोे पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग नेपालको काँकरभिट्टा नाका जोडिएको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने बंगलादशे तथा अन्य मुलुकका पर्यटक नआउँदा कार्यालयको राजस्व नराम्ररी प्रभावित बनेको हो । कार्यालयले हरेक वर्ष भिसा जारी गरे वापत करोडौं रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो । कार्यालयको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ पनि भिसा जारी गरे वापत १ करोड १ लाख २३ हजार ७ सय ४० रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्ष २०७७/०७८ पैदलमार्ग भएर पूर्वीनाका भएर नेपाल आउने पर्यटक ठप्प भएपछि भिसा जारी वापतको राजस्व शुन्य छ ।

कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा ‘एनआरएन’, ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नविकरण गरे वापत ५० लाख ६४ हजार ४ सय २१ रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख कोइरालाको भनाई छ । चालु आर्थिक वर्ष २०७७/०७८ बाट कार्यालयले ‘एनआरएन’ ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नविकरण गर्ने जिम्मेवारी पाएको थियो । जिम्मेवारी प्राप्त गरेयता कार्यालयले शुल्क लिने गरीका विभिन्न खालका २ सय ६९ वटा भिसा नविकरण तथा जारी गरेको थियो । एकवर्षको अवधिमा ३ सय ५० वटा भिसा जारी गरेपनि ८१ वटा भिसामा निःशुल्क जारी गरेको कार्यालयले जनाएको छ । एनआरएन र १० वर्षमूनिकालाई अमेरिकाबाहेकका अन्य देशमा जानका लागि निःशुल्क भिसाको व्यवस्था सरकारले गरेको छ ।

अध्यगमन विभागले कोभिड १९ को दोस्रो लहरका कारण जारी गरेको लकडाउन अवधिभरको भिसामा लाग्ने विलम्ब र जरीवाना निःशुल्क गरेको थियो । त्यसलगत्तै सम्बन्धित कार्यालयमा भिसा नविकरण धमाधम हुन थालेको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरको सम्भावित जोखिम न्यूनिकरणका लागि अध्यगमन विभागले २०७८ जेठ ५ गतेदेखि विभागबाट प्रवाह हुन् आकस्मिक सेवा बाहेकका सवै सेवा स्थगन गरेको थियो । साविकको तुलनामा अन्तर्राष्ट्रिय एवम् आन्तरिक उडानहरु सूचारु हुँदै गइरहेको तथा स्थानीय प्रशासनबाट जारी निषेधाज्ञ समेत केही खुकुलो भई सार्वजनिक सवारी साधन समेत सञ्चालन हुन थालेको हुँदा भिसा सेवा सुचारु गरिएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

नेपाल सरकार गृह मन्त्रालय अध्यगमन विभागले असार १६ मा सूचना जारी गरी २०७८ वैशाख १५ वा २०२१ अप्रिल २८ तारीखसम्म नेपालको वैध भिसा भएका विदेशीहरुका हकमा २०७८ असार २४ गतेभित्र नेपालमा प्रस्थान हुने भएमा प्रस्थानको समायमा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै निःशुल्क भिसा नियमित गरिने विभागले जनाएको छ । नेपालमा बस्न चाहाने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरुमा अवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने कार्यालय प्रमुख कोइरालाले बताउनुभयो । तर, असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमअनुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने उहाँको भनाई छ ।

साथै विभागले स्थगन गरेका सम्पूर्ण सेवाहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी असार १८ गतेबाट सुचारु थियो । सरकारले भिसा सेवा सुचारु विलम्ब शुल्क र जरिवाना छुट गरेपछि अहिले धेरैले यो सेवा लिइरहेको कोइरालाले बताउनुभयो ।

प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक भिसा बर्षमा पर्यटक भिसामा एकसय पचास दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेको र २०७८ जेठको ५ को सूचनामा निषेधाज्ञको अवधि एकसय पचास दिनमा गणना नहुने भनि उल्लेख भएकोले निषेधाज्ञको अवधि थप गरी भिसा वर्षका लागि २ सय १० दिनसम्म बस्न सकिने गरी कायम गरिएको कोइरालाको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.