सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाद्वारा डेढ करोड बढीका सामान पक्राउ

लागूऔषधमा संलग्न २२ जना कारोवारी प्रहरी नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

९ साउन, मेचीनगर :   सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाले वितेको एकवर्षको अवधिमा डेढ करोड रुपैयाँ बढी प्रतिवेदन मूल्यका अवैध सामान पक्राउ गरी भन्सार बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीको काँकरभिट्टा वीओपीले गत आर्थिक वर्ष २०७७÷०७८ को एक वर्षको अवधिमा १ करोड ६९ लाख २१ हजार १ सय १६ रुपैयाँ प्रतिवेदन मूल्य बराबरका चोरी बाटो हुदैं अवैधरुपमा भित्र्याउदैं गरेका मालवस्तु पक्राउ गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको हो ।
पोस्टले सबैभन्दा बढी मंसिरमा ४३ लाख ३१ हजार ५ सय ६५ रुपैयाँका मालसामान पक्राउ गरेको थियो भने जेठ महिनामा शून्य छ । कोभिड १९ का कारण लकडाउन भएका बखत त्यस महिनामा कारोवारीहरुले धन्दा बन्द गरेका कारण जेठ महिनामा पक्राउ नपरेको सशस्त्र प्रहरीको भनाई छ ।
प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक राईका अनुसार भदौमा ३६ लाख ४७ हजार ५ सय ५०, असोजमा १३ लाख ५५ हजार ४, कात्र्तिकमा ५ लाख २७ हजार २ सय १६, पुसमा ५ लाख ५७ हजार ५ सय ८५, माघमा ७ लाख ७३ हजार ६ सय ४८, फागुनमा २४ लाख ८८ हजार ३ सय ७०, चैतमा ११ लाख ६० हजार १ सय ५७, असारमा ९ लाख ३५ हजार ८ सय २१ रुपैयाँ गरी कुल १ करोड ६९ लाख २१ हजार १ सय १६ रुपैयाँ प्रतिवेदन मूल्य बराबरका मालवस्तु पक्राउ गरेको थियो ।
सीमानाकाबाट अवैध रुपमा हुने निकासी पैठारीलाई निरुत्साहित गर्न र चोरी बाटोबाट हुने व्यपारलाई भन्सारको दायरामा ल्याएर राजस्व बुझाउन त्यसमा संलग्नहरुलाई प्रेरित गर्ने मुख्य काममा सशस्त्र प्रहरीको उपस्थिती रहेकाले हरेक महिना अवैध व्यपार कम हुदैं गएको प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक राईको भनाई थियो । पक्राउ परेका सामानहरुमा खाद्यन्न, लत्ता कपडा, जुत्ता चप्पल, विद्युतीय सामाग्री, फलफूल, मटर, खेलौनाका सामान, मोटरका पार्टपूर्जा लगायत छन् ।

ती सामान मेचीनगरको ज्यामिरगढी, नकलबन्दा, कालिका, सतिघट्टा, विचार्नी, तुर्केनी, बाहुनडाँगी, तिरिङलगायतका क्षेत्रबाट पक्राउ गरिएको बताईएको छ । कोभिड १९ का कारण मुख्यः नाकाबाट आउजाउमा कडाई गरेका कारण यसमा संलग्नहरुले अबैध बाटो हुदैं सामान आयात निर्यात गर्ने गरेको सशस्त्र प्रहरीको दावी छ । उत्तरमा इलामको रोङ गाउँपालिकादेखि दक्षिणमा मोरङको सीमासम्म १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना रहेको झापामा मेचीनगरक्षेत्रमा मात्र २६ किमी खुला सीमा छ । यसैको फाइदा उठाएर कारोवारीहरुले धन्दा चलाइरहेको प्रहरीको भनाई छ । तर प्रहरी सक्रियताका कारण यसमा संलग्नहरु राजस्व बुझाएर वैध व्यपारका लागि अहिले भन्सारसम्म पुग्ने गरेका छन् ।

लागूऔषध र त्यसमा संलग्न कारोवारी समेत पक्राउ


यसैगरी, यो अवधिमा सशस्त्र प्रहरीले लागूऔषधसहित त्यसमा संलग्नलाई समेत पक्राउ गरेको थियो । प्रहरीको सक्रियताका कारण गत आर्थिक वर्ष २०७७÷०७८ को एकवर्षको अवधिमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाले ५४ दशमलव ५१ ग्राम ब्राउन सुगर, डाइजीपाम, लुपिजेसिक र फेनारगन ५५÷५५ एम्पुल पक्राउ गरेको थियो । त्यसमा संलग्न २२ जना व्यक्ति पक्राउ परेका थिए । उनीहरुलाई तत्कालै उनीहरुको साथबाट वरामद गरेको लागूऔषधसहित आवश्क कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाएको प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । नेपाल भारतको सीमानाका खुला वा ‘ओपन वोडर’ भएका कारण नेपाली लागूऔषध प्रयोगकर्ता तथा कारोवारी सीमावर्ती भारतीय बजार धाउने गरेको बताइएको छ ।

सीमावर्ती भारतीय बजारमा लागूओैषध सहजरूपमा खरिद गर्न पाईने भएकाले नेपाली सेवनकर्ता त्यहाँ पुगेर सेवन गर्ने अनि साथमा लिएर आउने गरेका छन् । मुख्य नाकाबाट आवतजावत गर्नेलाई प्रहरीले चेकजाँचका क्रममा कडाई गर्न थालेका कारण कारोवारी र सेवनकर्ताहरूले अन्य बाटो प्रयोग गर्ने गरेका छन् ।
१ नम्वर प्रदेशको धनकुटा, धरान, तरहरा, इटहरी, उर्लावारी, दमक, झिलझिले, सुरूङ्गा, विर्तामोड, धुलावारी लगायतका ठाउँबाट कारोवारी र सेवनकर्ता भारतीय सीमावर्ती बजार पानीट्याङ्की, बतासी, खोरीवारी, नक्सालबाडी पुग्ने लागू ओैषध नियन्त्रण व्युरो शाखा काँकरभिट्टाले जनाएको छ । लागूओैषधमा संलग्नमाथि प्रहरीले उच्च निगरानी बढाउने गरेको छ । जसका कारण कहिले काहीँ यसको ठुलो जालो नै प्रहरीको फन्दामा पर्ने गरेको छ ।

८४ हजार बढी आए ३ लाख बढी गए

नेपाल प्रवेशको सूदुर पूर्वको काँकरभिट्टा नाका भएर २०७७ साउन देखि २०७८ साउन ४ गतेसम्म ४ लाख बढी मानिसले आवतजावत गरेका छन् । सो अवधिमा ८४ हजार २ सय ३० जना नेपाल प्रवेश गरेका छन् भने ३ लाख ५६ हजार ७ सय ४ जनाले बाहिरिएका छन् । यो तथ्याङ्कबाट नेपाल आउने भन्दा छाड्नेको संख्या बढी रहेको पुष्टि गर्दछ ।
यो अवधिमा ७० हजार १ सय ६० नेपाली तथा १४ हजार ७० भारतीय नागरिक गरी कुल ८४ हजार २ सय ३० जना नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीओपी काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईले जानकारी दिनुभयो ।
२ लाख २१ हजार १ सय ४२ भारतीय र १ लाख ३५ हजार ५ सय ६२ नेपाली गरी कुल ३ लाख ५६ हजार ७ सय ४ जना सूदुर पूर्वको काँकरभिट्टा नाका भएर बाहिरिएका छन् । असोज र कात्र्तिकमा चाडपर्व तथा मंसिरमा धान थन्क्याउने चटारो परेका कारण नेपाल आउनेको संख्या एक्कासी बढेको छ । नेपाल आउने भन्दा छाड्नेको संख्या बढी हुनुमा नेपालका अधिकाँश इटा उद्योगमा भारतीय कामदार भएकाले कोभिड १९ ले घर फर्केका हुन् । नोवल कोरोना भाइरस कोभिड १९ को सक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण प्रायः सबै आ अफ्नो घर फर्कने गरेका थिए । भारतमा विभिन्न रोजागरी तथा अध्ययनका लागि गएका नेपालीहरुको ठूलो संख्या जारी लकडाउन र कलडाउनकै कारण शिक्षण संस्था, कलकारखाना बन्द भएका कारण घर फर्कने गरेका थिए । मंसिरमा सवैभन्दा बढी १० हजार १ सय ३० नेपाली र १ सय ५० भारतीय गरी १० हजार २ सय ८० जना नेपाल प्रवेश गरेको अभिलेख सशस्त्र प्रहरीसँग छ । तर, सोहि महिना १३ हजार बढीले नेपाल छाडेका थिए । सशस्त्र प्रहरीको अभिलेख अनुसार मंसिरमा १२ हजार ९ सय ३६ नेपाली र १२ हजार २ सय ९५ भारतीय सहित कुल १३ हजार ५ सय २३ जनाले नेपाल छाडेका थिए ।
साउनमा ३ हजार ३ सय ४९ जना नेपाल प्रवेश गरे । त्यो महिना नेपाल आउने सवै नेपाली नागरिक हुन् । भदौमा २ हजार ४ सय ५४ नेपाली र ४ जना भारतीय गरी कुल २ हजार ४ सय ५८ , असोजमा ६ हजार ५ सय ४२ नेपाली र २ सय ५७ भारती गरी कुल ६ हजार ७ सय ९९, कात्र्तिकमा ६ हजार ९ सय २१ नेपाली तथा १ सय ४३ भारतीय सहित ७ हजार ६४, पुसमा ९ हजार ४ सय २४ नेपाली र ४ सय ३ भारतीय गरी कुल ९ हजार ८ सय २७, माघमा ६ हजार २ सय ९५ नेपाली र १ हजार ८ सय ४१ भारतीय गरी कुल ८ हजार १ सय ३६, फागुनमा ५ हजार ३ सय ९३ नेपाली तथा २ हजार ८ सय ७९ भारतीय गरी ८ हजार २ सय ७२, चैतमा ७ हजार ६ सय २० नेपाली र ७ हजार ९ सय ४ भारतीय सहित १५ हजार ५ सय २४, वैशाखमा ४ सय ९५ नेपाली २ भारती गरी कुल ४ सय ९७, जेठमा १ हजार ५ सय ८८ नेपाली र ४६ भारतीय गरेर १ हजार ६ सय ३४, असारमा ९ हजार ४ सय २४ नेपाली र ४ सय ३ भारतीय गरी कुल ९ हजार ८ सय २७ र साउन ४ गते ५ सय २५ नेपाली र ३८ भारतीय गरी कुल ५ सय ६३ जना नेपाल प्रवेश गरेको सशस्त्र प्रहरीको अभिलेखमा छ ।
नेपाल छाड्नेमा साउनमा ११ नेपाली र ६९ भारतीय गरी ८०, भदौमा १ सय ५ नेपाली र ३ सय १ भारतीय गरेर ४ सय ६, असोजमा २ सय ११ नेपाली र ४ सय ७३ भारतीय गरी कुल ६ सय ८४ जना रहेको सशस्त्र प्रहरीको भनाई छ । कार्तिकमहिना देखि नेपाल छाड्नेको संख्या एक्कासी बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.