नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण

१० साउन, कनकाई : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसका अवसरमा झापामा विविध कार्यक्रम सम्पन्न भएको छ ।

नेता कर्माचार्यले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मानमा उहाँको व्यक्तित्व र आदर्शलाई आत्मसाथ गर्दै झापाको विर्तामोडमा स्थापना गरिएको नरवहादुर कर्माचार्य स्मृत्ति प्रतिष्ठान मार्फत सामाजिक क्षेत्रमा महत्वपूर्ण काम हुँदै आएको बताइएको छ । यसै क्रममा प्रतिष्ठानले स्वर्गीय कर्माचार्यको स्मृतिमा झापाको कनकाई–४ स्थित पुकार अपाङ्ग अशक्त समाजको संरक्षणमा रहेका शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।

नेकपा माओवादीका १ नं. प्रदेश कमिटि सदस्य समेत रहनुभएका प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामी, सचिव जयप्रसाद भट्टराई सहित संविधान सभा सदस्य मोहन टुडु, विर्ता जेसीजका पूर्व अध्यक्ष यामकुमार खड्का, समाजसेवी देवेन्द्र खरेल, उमाकान्त माझी लगायतको उपस्थितिमा दाल, चामल, नुन तेल, चिउरा, भुजा जस्ता दैनीक उपभोग्य खाद्य सामाग्री संस्थाकी संरक्षक निर्मला ओझा मार्फत बालबालिकालाई हस्तान्तरण गरिएको बताइएको छ । संस्थामा रहेका १७ जना अशक्त बालबालिकालाई थोरै भएपनि सहयोग पुर्याउँने उद्येश्यले प्रतिष्ठानका पदाधिकारीहरु अपाङ्ग अशक्त बालबालिकाको संरक्षण स्थलमै गएर पहिलो चरणको सहयोग सामाग्री हस्तान्तरण गरेको प्रतिष्ठानका सचिव जयप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

स्व.नेता कर्माचार्यको समाजप्रतिको योगदानलाई चिरस्थायी बनाउँनकालागि प्रतिष्ठानले प्राविधिक तथा व्यवसायिक शिक्षाको विकास गरी समुन्नत नेपाल बनाउँने महान लक्ष्य लिएको बताइएको छ । प्रतिष्ठानद्वारा संचालित बहुप्राविधिक शिक्षालय मार्फत कृषिमा आधुनिकिकरण गर्दै यसलाई व्यवसायिक बनाएर उत्पादनमा वृद्धि गरी बढ्दो जनसंख्यालाई सुनिश्चित गर्ने प्रयासमा प्रतिष्ठान क्रियाशिल रहेको संस्थाका अध्यक्ष दर्लामीले बताउँनुभएको छ ।

प्रतिष्ठानले झापामा स्नातक साथै प्रमाण पत्र तहका तीनवटा शैक्षिक कार्यक्रम क्रमशः बालि विज्ञान, पशु विज्ञान र वन विज्ञान तर्फका तीन वर्षे प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी सानोठिमी भक्तपुरसँगको संयुक्त साझेदारीमा स्थापित गरी पठनपाठन भइरहेको प्रतिष्ठानका अध्यक्ष दर्लामीले जानकारी दिनुभएको छ ।

यस्तै संविधान सभा सदस्य मोहन टुडुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यले कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र मार्ग दर्शनलाई आत्मसाथ गर्दै अघि बढ्न सकेमा उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउँनुभएको छ ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.