उच्च अदालत पाटनले पूर्व सभामुख महरालाई सफाइ दियो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट सफाइ पाएका छन् ।

मंगलबार(आज) उच्च अदालत पाटनले महरालाई सफाइ दिएको हो। उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेका हुन्।

उनीविरुद्ध सभामुख रहेका वेला संसद् सचिवालयकै कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेको थियो।

१९ असोजमा सभामुखको सरकारी निवासबाटै पक्राउ परेका उनलाई पुर्पक्षका लागि पाँच महीना थुनामा राखिएको थियो। काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि उनी ५ फागुन, २०७६ मा रिहा भएका थिए। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्ष उच्च अदालत पुगेको थियो। आज उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.