हात्तीको दाह्रासहित बाराबाट तीन जना पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

१२ साउन, वीरगञ्ज : हात्तीको दाह्रासहित तीन जनालाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

प्रहरीले बाराको निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ, सोही स्थानका ३५ वर्षीय दिल बहादुर घलान र मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने सुवास तामाङलाई पक्राउ गरेको हो।

जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बजारमा उनीहरुलाई हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५० प १२२७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको एक थान हात्तीको दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ। तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

देशसंचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.