मेलम्चीमा फेरि भीषण बाढी

A notice in Nepali from Mechinagar Ward No. 10
शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढालेर बगाएको छ। तस्बिरः देवराज सुवेदी/रासस

१७ साउन, काठमाडाैँ : शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको हो।

यी सबै घरहरु असार १ गते आएको बाढीले क्षतिग्रस्त पारेको थियो।

यसअघिको बाढीले क्षति पुर्‍याएका घरहरु मर्मत गरेर बस्न मिल्ने पारिएका भए पनि शनिबार रातिको बाढीले बस्नै नमिल्ने गरि क्षति पुर्‍याएको उनले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार रेडियो मेलम्चीको भवन पनि बाढीले ढालेको छ।

असार १ कै बाढीले डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन। बाढी घटेपछि सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो। पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको हाे।

यस्तै बाढीले एउटा झोलुङ्गे पुल पनि पनि बगाएको छ भने अर्काे पक्की पुल पनि खतरामा पारेकाे छ। हेलम्बु गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने ग्यालथुममा रहेको झोलुङ्गे पुल कामै नलाग्ने गरी क्षतिग्रस्त भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए।

एक महिनापछि फेरि मेलम्चीमा आएको बाढी । तस्बिर: देवराज सुवेदी/रासस

नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको छ। खनालका अनुसार हेलम्बु ७ को चनौटे बजार नजिकको पक्की पुल पनि खतरामा परेको छ। नदीमा पानीको बहाव बढेर पुलमाथिबाट पानी बगिरहेको उनले बताए।

तीव्र बहाव रहेको र माथिबाट ढुंगा अथवा रुखहरु बगाएर ल्याए पुल समेत बगाउने सम्भावना रहेको उनले बताए। बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ।

यसबाहेक समयमै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएकोले मानवीय क्षति भने हुन नपाएको खनालले बताए।

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ।

नदीकाे बहाव घटबढ हुने क्रम चलिरहेकाे उनले बताए।

देशसञ्चारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.