मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत ,आजबाट बजारमा कारोबार हुने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको तीन लाख ८९ हजार कित्ता साधारण र ८ लाख २२ हजार ५०० कित्ता संस्थापक गरी कुल १२ लाख ११ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । पहिलो कारोबारको लागि नेप्से कम्पनीलाई ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

नेप्सेले प्रारम्भिक सार्वजनिक निष्कासनपछि नेप्सेमा सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि पछिल्लो लेखापरीक्षण भएको वित्तीय प्रतिवेदनको नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.