१९ साउन, काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको सामाजिक संजालबाट घोषणा गरेका छन् ।
नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने बताएका छन् ।
सन् २००२ देखि शुरु गरेका क्रिकेट यात्रामा समर्थन, सहयोग र माया दिने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गर्दै नेपाल क्रिकेट जगतको उत्थानको लागि सदैव आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।

























