१९ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४४८ संक्रमण देखिएको छ भने ६ हजार ८० जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ७१८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३२ हजार ५९ रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख २ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ६० हजार ११६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























