१० बुँदे सहमति पार्टी एकताको आधार-भिम रावल

A notice in Nepali from Mechinagar Ward No. 10

२१ साउन, काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अहिले पनि वार्ता जारी रहेको भन्दै आफू एकताबद्ध एमालेको पक्षमा रहेको बताएका छन् ।

आफूनिकट केन्द्रीय सस्यहरुको भेलालाई सम्बोधन गर्दै नेपालले केही विषयमा सहमति भए पनि केहीमा वार्ता जारी रहेको बताएका हुन् । नेपालको भनाइ उदृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने आशा व्यक्त गरे ।

बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने बताएका थिए । नेपालले बोलेपछि वार्ता कार्यदलमा माधव नेपाल पक्षका संयोजक भीम रावलले १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी केन्द्रीय सदस्यहरूलाई गराएका थिए ।

रावलले १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेको भन्दै यसलाई सामान्यरूपमा नलिन आग्रह गरेका थिए । केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै उनले यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए ।

उनले जेठ २ को केन्द्रीय कमिटी बैठक बसेपछिमात्र सदस्यता नवीकरणलगायतका कार्य अघि बढाउन आफूले कार्यदलका नेताहरू र महासचिव ईश्वर पोखरेललाई आग्रह गरेको जानकारी दिएका थिए ।

बैठकमा डा. विजय पौडेल, दिनेश राई, प्रतापलाल श्रेष्ठ, झपट रावल, रविन्द्र अधिकारी, रामकुमारी झाँक्री, निरा जैरु, ठाकुर गैरे, भागवत विश्वासी, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी, अरुण नेपाललगायतका केन्द्रीय सदस्यले आफ्ना सुझाव दिएको पन्तले बताए ।

माधव नेपालपक्षीय बैठक बिहीबार पनि चल्ने भएको छ । बैठकमा ७० जना भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको नेपाल पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.