स्रोतको अनुमति लिएरमात्र सामग्री सम्प्रेषण गर्न काउन्सिलको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

२१ साउन, काठमाण्डौं : प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्य रूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन आग्रह गरेको छ । काउन्सिलले साउन २१ गते  एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जन गुनासाहरू बढेको भन्दै यस्तो आग्रह गरेको हो ।

“सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने” निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा (१३) मा “समाचार तथा समाचार सामग्री प्रकाशन/प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने” व्यवस्था रहेको छ ।

सञ्चारमाध्यममा समाचार सामग्री तथ्यहिन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले पैँतीस दिनभित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत् उजुरी दिन सकिने पनि काउन्सिलले जनाएको छ ।

हेर्नुहोस् प्रेस काउन्सिल नेपालको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.