आन्तरिक मूल्यांकन परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउँछ-चन्द्रमणी पौडेल

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।

एसईईको नतिजापश्चात् आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताएका हुन् ।

उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए । विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनले बताए । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताए । उनले परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गरे ।

‘यो किसिमको निर्णय पोल्टिकल लिडरशीपले गर्ने हो भने, निरक्षर मानिसले हाईस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ। उनले भने, ‘तल्लो लेभलमा क्लास अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ टिचरलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भनेजसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढेपनि पास र नपढेपनि पास गर्दै ऊ हाईस्कूलसम्म पुग्छ ।’

उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताए । उनले आन्तरिक मूल्यांकनले दिने नतिजाले अपजसभन्दा पनि धेरै विकराल हुने समेत बताए । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकाश प्रक्रियामा गम्भीर असर पार्ने बताउनुभयो । यसको पहिलो जिम्मेवारी देश भएकोले राजनैतिक नेतृत्वहरुले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने धारणा व्यक्त गरे।

‘बोर्डले अब्जस बोक्दैमा राज्यको अवस्थामा परिवर्तन आउने भएत अब्जस लिनु हुन्थ्यो, तर यो यथार्थ हो कि, त्यसले दिने रिजल्ट अब्जस भन्दा धेरै विकराल छ, त्यो विकराल रिजल्ट देशले व्यहोर्नुपर्छ।’ उनले भने, ‘तत्काललाई त बोर्डले अब्जश लेला तर देशले दिने रिजल्टको भागिदार मुलुक हुन्छ, मुलुकको शिक्षा प्रणाली हुन्छ, डेभलपमेण्ट प्रक्रिया हुन्छ, यो डरलाग्दो छ, पोल्टिकल लिडरशीपहरुले यो बारेमा बेलैमा सोच्नुभएन भने ठूलो क्षति हुन्छ ।’

त्यसैगरी उनले कक्षा १२ को परीक्षा बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको बताए । न्यूज एजेन्सी नेपाल सँगको कुराकानीमा अध्यक्ष पौडेलले देशैभरि परीक्षा सञ्चालन हुने केन्दहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा सञ्‍चालन गर्न सकिने विश्वाश ब्यक्त गरे ।

कोरोनाको संक्रमणको जोखिमको कारणले यस अघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको उनले बताए । बोर्डले परीक्षाका लागि सम्पूण तयारी गरेको भएपनि एमसीसीले मन्त्रालयमार्फत् परीक्षा हालका लागि स्थगित गर्ने निर्देशन दिएपछि परीक्षा रोकिएको उनले जनाए ।

उनले भने, ‘पहिलो पटक परीक्षा तालिका सार्वजनिक गरेपछि दोश्रो चरणको लकडाउन भयो, त्यसपछि सबै अवस्था सामान्य भएपछि परीक्षा सञ्चालन गर्न लाग्दा कोभिडको तेस्रो लहरको शंका गर्न थालियो, तर अवस्था त्यस्तो देखिँदैन, केही घटबढ भइरहेको छ, समाजमा एक किसिमको त्रास बढ्दै गएकोले हामी अन्तिम तयारी हुँदाहुँदै पनि परीक्षा सरकारको निर्देशनपछि परीक्षा रोकियो।’

यस वर्ष कक्षा १२ को परीक्षा जेठमा हुने भनिएको परीक्षा आउँदो साउन ३१ गतेबाट हुने भनि तोकिएको थियो । गत वर्ष पनि कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो ।

‘आन्तरिक मूल्यांकन परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउँछ’ ” data-description=”२४ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।

एसईईको नतिजापश्चात् आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट …”

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.