पूर्वीनाकाबाट हुने चिया निकासी चारवर्षयता निक्कै उतारचढाव

निकासी बढ्ने र घट्ने क्रम जारी

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन , मेचीनगर : पूर्वीनाकाबाट हुने ग्रीन टी अर्गयानिकको निकासीमा चारवर्षयता निक्कै उतारचढाव छ । कुनैवर्ष निकासी हवात्तै बढेको छ भने कुनै वर्ष अपत्यारिलो पाराले निकासी ओरालो लागेको छ ।

नोवल कोरोना भाइरस कोभिड १९ का कारण वितेको डेढवर्षदेखि पूर्वीनाका नियमितरुपमा सञ्चालनमा आउन सकेको छैन् । तर, पनि गत आर्थिक वर्ष २०७७ /०७८ मा अघिल्लो आर्थिक वर्ष २०७७ /०७८ को तुलनामा चियाको निकासीमा केही बृद्घि भएको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले यसलाई पुष्टि गरेको छ ।

कार्यालयको तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट्टानाका भएर ६ करोड १४ लाख २५ हजार रुपैयाँ मुल्य बराबरको १ सय ७५ दशमलव ६ प्रतिशत मेट्रिक टन ग्रीन टी अर्गयानिक निकासी भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा करीव १ करोड रुपैयाँले बृद्घि भएको कार्यालयले जनाएको छ ।

काँकरभिट्टा नाका भएर अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने ५ करोड १६ लाख ६१ हजार वा १ सय ६६ मेट्रिक टन चिया निकासी भएको कार्यालय प्र्रमुख देविन्द्र साहुले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १० करोड १७ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय २६ मेट्रिक टन चिया भारत निकासी गरेको सरकारी तथ्याङ्क छ । २०७४/०७५ मा यो नाका भएर २ करोड ७० लाख ६० हजार रुपैयाँ मुल्य बराबरको ४६ मेट्रिक टन ग्रीन टी अर्गयानिक निर्यात भएको कार्यालय प्र्रमुख देविन्द्र साहुले जानकारी दिनुभयो ।

अल्लिो र गतवर्षमा अपेक्षितरुपमा चिया निकासी नहुनुमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं नेपाल सरकारले गरेको लकडाउन नै भएको सरकारी अधिकारीहरु बताउछन् ।

२०७६ को चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो ।

नेपाली सिटीसी र अर्थाेडक्स चिया भारतमा धेरै निकाशी हुने गरेको छ भने पाकिस्तान जर्मन रसिया लगायत तेश्रोमुलुक समेतमा पुग्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका अधिकारीहरु बताउछन् । चियाको निकासी वर्षैपिच्छे अस्थिर हुनमा बेलाबेला हुने मजदुर आन्दोलन, चिया प्रशोधन केन्द्र र बगान बन्द हुनु पनि भएको व्यवसायीहरुको भनाई छ । चियामा लाग्ने रोग समयमै नियन्त्रण गर्न नसक्दा धेरै हरियोपत्ती नष्ट हुने गरेका पनि उत्पादन कम हुने र निर्यातमा समेत असर पुग्ने गरेको बताइएको छ । लामो समयदेखिको चिया उद्योगी, व्यवसायी र मजदुरका बीचमा देखिएको समस्या पनि हुन सक्ने आशंका गरिएको छ । आर्थिक र पर्यटकीय हिसाबले गहनाका रूपमा रहेका चिया बगानको पछिल्लो समय बिजोग बनाइएको कारण पनि उत्पादनमा कमि आएकोे र निर्यात व्यपार समेत स्थिर बन्न नसकेको छ ।

नेपाली चियाको माग भारत तथा पाकिस्तान जर्मन रसियालगायत तेस्रोमुलुकमा समेत प्रशस्त रहेको नेपाली चिया उद्योगीहरु बताउछन् । विशेषगरि इलाम झापाका बगानमा उत्पादित चिया त्यसतर्फ निकाशी हुने गरेको छ । झापा जिल्लामा नौ हजार ८८ हेक्टरभन्दा बढी जमीनमा चिया लगाइएको बताइएको छ । समयअनुकुल भए प्रति हेक्टरमा न्यूनतम १६ हजार किलो चिया उत्पादन हुने चिया किसानहरु बताउछन् । १९२० सालमा नेपालमै पहिलोपटक इलाममा चिया खेती भएको र १९३५ सालमा यही चिया बगानमा उद्योग स्थापना भएको इतिहास छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.