प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम

A notice in Nepali from Mechinagar Ward No. 10

न्युयोर्कमा एडवार्ड ऐनिस नामक एक व्यक्ति बस्थे । उनमा धर्म कर्म र ईश्वरीय अस्तित्वमाथि अत्यन्त ठूलो विश्वास थियो । तर आफन्तमाझ भने उनी नै सबैभन्दा निर्धन थिए । गरिबीका वावजुद उनमा धेरै आत्मविश्वास थियो । यस गुणका कारण उनलाई सबैले सम्मान गर्थे ।

निर्धनताकै अवस्थामा उनको जिन्दगीको महत्वपूर्ण हिस्सा बित्यो । एकदिन उनी कतै जाँदै थिए । त्यत्तिकैमा उनलाई त्यस स्थानमा बहुमूल्य धातु र पर्याप्त सुनको खानी भएको आभास भयो । उनले एक ज्योतिषसित पनि यस विषयमा सल्लाह गरे । ज्योतिषले पनि आत्मविश्वासमाथि नै जोड दिए । उनले भने ‘मेरो हृदय, मन र आत्मा पनि यति निष्कलंक र विकार रहित छन् कि तिनमा भविष्यबारे यस्ता सन्दर्भ ठीक त्यसैगरी देखिन्छन्, जसलाई मैले प्रत्यक्ष देखिरहेको छु । जब मेरो विश्वास दृढ हुन्छ भने त्यसमा सफलताको कुनै सन्देह हुँदैन ।’

ऐनिससित धन त थिएन तैपनि उनले विभिन्न उपाय लगाएर केही मित्रको सहयोगबाट त्यो जमिन किने जहाँ बहुमूल्य धातु रहेको उनलाई विश्वास थियो र उनले त्यहाँ खन्न सुरु गरे । खन्दै जाँदा उनले त्यहाँ केही चाँदी मात्र फेला पारे । त्यसको केही समयपछि उनको मृत्यु भयो । मृत्यु अघि उनले आफ्नो एक सन्देशमा भनेका थिए, जुन कुरा आत्मैदेखि निस्कन्छ त्यो कहिल्यै मिथ्या हुँदैन । मैले भेटिन तर यस स्थानमा सुन अवश्यै भेटिनेछ ।

उनको मृत्युको १६ वर्षपछि उनकी पत्नी मार्याले जसलाई पतिको आत्मविश्वासमाथि भरोसा थियो । उनले पुनः खन्ने कार्यलाई रिन्तरता दिइन् । ६ सय फिटसम्म खनेपछि त्यहाँ सुन,चाँदी, तामा र जिंकको भण्डार भेटियो । यसबाट मार्यालाई कैयौं लाख डलरको लाभ भयो । आफ्नो यस सफलतामा मार्याले केवल यति नै टिप्पणी गरिन् ‘आत्मविश्वास आफैंमा एउटा ज्योतिष हो । यस्ता मानिसले भलै आफ्ना लागि केही गर्न सकेनन् भने पनि अन्यको कल्याण भने अवश्यै गर्नेछन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.