देउवालाई ओलीको आग्रह- मेरै पार्टीका नेताहरू पाउँला र खाउँला भनेर कुदेका छन्, मन्त्री बनाइदिनोस्

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन, काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू मन्त्रीका लागि कुदेको भन्दै मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री ज्यू मेरै पार्टीका केही नेताहरू पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन्,’ मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘तिनीहरूलाई मन्त्री दिनुहोस् न किन बिलम्बन गर्नुभएको ? हिरिक्क, हिरिक्क भएका छन् बिचराहरु मन्त्री खानलाई ।’

बिहान बेलुका मन्त्रीका लागि देउवाको चाकडी गरेको भन्दै ओलीले आफ्नो दलमा अलिकति घाटा भए पनि सहने बताए । ‘यति त गराइसक्नुभयो, पछि त लगाइ सक्नुभयो,’उनले भने, ‘पछि पछि हिँड्या छन् हिँड्या छन् । कुदेका छन् । फ्याँ फ्याँ, स्याँ स्याँ गरेका छन् । मन्त्री खान पाउँ भनेका छन् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुहोस् प्लिज । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.