मास्क अभियान अन्तर्गत मेचीनगरमा जनचेतना मूलक र्याली

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, मेचीनगर : नेपाल मास्क अभियान अन्तर्गत विहीबार झापाको मेचीनगरमा जनचेतना मूलक र्याली सम्पन्न भएको छ । नेपाल सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ स्थानीय सरकारसँग समन्वय गरी देशभर ‘नेपाल मास्क सप्ताह’ मनाउने घोषणा गरेको थियो । सोहि घोषणा अनुसार रोटरी क्लब अफ काँकरभिट्टाको संयोजनमा मेचीनगर—६ नम्बर वडाको आयोजनामा नगरभरिका सरकारी तथा गैरसरकारी संघ संस्थाको सहभागितामा र्याली सम्पन्न भएको हो ।

काँकरभिट्टा बसपार्कबाट जस्ले संक्रमणमा ज्यान जोगाउने छ उसैले दिर्घायूको जीवन जिउने छ, जानी जानी लापरवाही नगरौं, सक्रमणको रोकथामआफैबाट शुरु गरौ, स्वास्थ्य नै अमूल्य धन र सम्पति हो, अनावश्यक भीडभाड नगरौ, एकआपसमा दुरी कायम राखौ, गुणस्तरीय मास्को प्रयोग गरौ संक्रमणबाट बचौ र बचाऔ, एक आपसमा सदभाव बाँडौं, भाइरससँग मिलेर लडौ, नमस्कार तपाईको मास्क खोई हजुर ? लगायतका नारालेखिएका प्लेकार्ड र व्यानरसहितको र्यालीले बाहुनडाँगी रोड, भट्टराई चोक, गुराँस पथ लगायत काँकरभिट्टाको मुख्यः मुख्य बजारको परिक्रमा गरेको थियो ।

सो अवसरमा नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको थियो । मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि हरेक नगरवासीलाई आग्रह गर्नुभयो । सरकारले देशभर कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गरेकाले अभियान सफलरुपमा सम्पन्न गर्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहेको उहाँको भनाई थियो । महामारी नियन्त्रणका लागि सम्पूर्ण नागरिक जिम्मेवार रहनुपर्ने रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुडाथोकीको भनाई छ । उहाँले यस्तो महामारीका बखत एक आपसमा सदभाव बाँड्दै भाइरससँग मिलेर लड्नु मुख्यः दायित्व रहेको बताउनुभयो ।

कोभिड–१९बाट बच्न स्वास्थ्य मापदण्ड बाहेक अन्य विकल्प नरहेकाले यसैलाई प्राथमिकता राखि आम नागरिकलाई जिम्मेवार बनाउनु स्थानीय सरकारको दायित्व रहेको क्लबका पूर्व अध्यक्ष मोहन निरौलाको भनाई छ । जन समुदायमा हरेक माध्यमबाट कोभिड–१९ महामारीको सामना गर्नका लागि सचेतना फैलाउनु पर्नेमा उहाँले जोडदिनुभयो ।

कोभिड–१९ को बढ्दो संक्रमण रोक्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न, मास्क लगाए–नलगाएको अनुगमन गर्ने लगायतका गतिविधिमार्फत चेतनामुलक कार्यक्रम अघि सार्नुपर्नेमा रोटरी क्लब अफ काँकरभिट्टाका सर्भिस प्रोजेक्ट चियर दीपेन्द्रराज पाण्डेको भनाई छ ।

र्यालीमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टा, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा, साहारा नेपाल, होटाल व्यवसायी संघ मेचीगर, रोट्रयाक क्लब अफ काँकरभिट्टा सहित अन्य गैर सरकारी संस्थाहरुको सहभागिता रहेको रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.