Thursday, June 24, 2021
- बिज्ञापन -
गृह राष्ट्रियसंसदमा भएको तोडफोड :पार्टीको नीति विपरीत -प्रवक्ता शर्मा

संसदमा भएको तोडफोड :पार्टीको नीति विपरीत -प्रवक्ता शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत् प्रदेश न ५ को संसदमा नेपाली काङ्ग्रेसका तीन सांसदले गरेकाे कुर्सी तोडफोड आफ्नो पार्टीको नीति र संस्कृति विपरित भएको उल्लेख गर्नु भएको छ।

उहाँले “अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरीत गर्ने काङ्ग्रेस आफ्नाको छिटपुट भनेर छोप्दैन ,कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौँ ” भन्दै संासदलाई पार्टीले कारबाही गर्न सक्ने संकेत दिनु भएको छ।


हिजो प्रदेश न.५ को स्थायी राजधानीको विषयलाई लिएर प्रदेश सभामा तोडफोड भएको थियो।प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्तावको विरोध गर्दै नेपाली काङ्ग्रेसका सांसहरु बसुरुद्दिन खाँ ,अष्टभुजा पाठक र बैजनाथ कलवारले काँग्रेस नेताहरू बस्ने कुर्सी ,टेबल र माइकहरु तोडफोड गरेका थिए।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु