राजधानी विवाद : दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए । ‘राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ कनौडियाले भने, ‘प्रदेशको नामाकरण लुम्बिनीमा भने हाम्रो असहमति छैन ।’

मंगलबार (आज) बस्ने प्रदेश सभा बैठकमा राजधानी र नामबारे मतदान प्रक्रियाबाट निर्णय हुने कार्यसूचि छ । प्रदेशसभामा  सरकारले स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ ।

उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिइसकेका छन् । सोमबारको बैठकमा मन्त्री केसीले जवाफ दिने क्रममा कांग्रेसका सांसदहरुले होहल्ला गर्दै कुर्सी तोडफोड गरेका थिए । कुर्सी तोडफोड गर्ने आफ्ना सांसदहरुलाई कारबाही गर्ने चेतावनी कांग्रेसले दिएको छ ।

प्रदेशको नाम र राजधानीको निर्णय गर्न दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था छ । ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र कपिलवस्तुका सांसदलाई राजधानी दाङ बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न कार्यकर्ताको दबाब छ । नोट अफ डिसेन्ट लेखेका १४ जनाले पार्टीको कारवाही भोग्न तयार भएर विपक्षमा मतदान गरेमा भने प्रस्ताव पारित हुन कठिन छ ।

नेपाली कांग्रेसका १९ जनामध्ये साविक लुम्बिनी अञ्चलका १३ जना र ६ जना साविक राप्ती र भेरी अञ्चलका छन् । कांग्रेसका ६ जना सांसदले ह्वीप उल्लंघन गरेर दाङको पक्षमा मतदान गरेपनि प्रस्तावका पक्षमा ५३ मत हुन्छ र दुई तिहाइ पुग्दैन ।

कांग्रेसका सबै सांसदले पार्टीको ह्वीप मानेर दाङको विपक्षमा मतदान गरेमा  नेकपाका १४ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेमा र अन्य साना दलले दाङको पक्षमा मतदान नगरेमा प्रस्तावको पक्षमा दुई तिहाइ पुग्दैन । प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका मात्र ५१ सांसद छन् । साबिक राप्ती र भेरीका ३६ सांसद छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.