२ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६१३ जनामा संक्रमण देखिएको छ भन ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ३९ हजार ९०७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७७ हजार ६२३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ८९ हजार १७३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























