कक्षा १२ को परीक्षा सुरु गर्न सांसदहरूको सुझाव

परीक्षा बोर्डका अध्यक्षको आक्रोश– ‘१२ कक्षाको परीक्षा मात्र रोक्नपर्ने कुनचाहिँ भेरियन्ट हो ?’

A notice in Nepali from Mechinagar Ward No. 10

४ भदौ, काठमाडौं : प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुनः परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् ।

समितिले शुक्रबार शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीसँग गरेको छलफलमा सांसदहरूले सीसीएमसीले अनावश्यक हस्तक्षेप गरी परीक्षा रोक्न सिफारिस गरेको आरोप लगाए ।

विनाविकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको सांसदहरूको भनाइ छ । उनीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले लगायत पदाधिकारीले सीसीएमसीको सिफारिसको आधारमा परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो ।

१२ कक्षाको परीक्षा मात्र रोक्नपर्ने कुनचाहिँ भेरियन्ट हो, हामीले पनि बुझ्न सकेका छैनौं भन्दै अध्यक्ष पौडेलले सीसीएमसी, शिक्षा मन्त्रालयले परीक्षाको तयारी र स्वास्थ्य मापदण्डको विषयका सोधखोज नै नगरेको गुनासो गर्नुभयो ।

शिक्षा सचिव रामप्रसाद थपलियाले शुक्रबारबाट कक्षा १२ का विद्यार्थीलाई पनि खोप दिन थालिएकाले परीक्षा सञ्चालन गर्न सुझाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.