४ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार २४४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४३० जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७९ जनामा संक्रमण देखिएको छ भन ७ हजार १२४ जनाको एन्टिजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ९६३ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ४४ हजार ३०७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७९ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ९३ हजार ५४३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























