२ हजार २२२ जना संक्रमण मुक्त : १ हजार ८५७ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

१२ भाद्र, मेचीनगर :  पछिल्लो २४ घण्टामा २ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५१६ जनामा संक्रमण देखिएको छ भन ३ हजार ७६७ जनाको एन्टिजेन परीक्षण गर्दा ३४१ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १३ हजार १७६ जनाको कोरोना परीक्षण गर्दा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ५८ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख १० हजार ४५२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.