एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिले २२ गते भित्र दल रोज्न पाउने समय सीमा

१३ भाद्र, काठमाण्डौं :  निर्वाचन आयोगले नवगठित दल रोज्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि भदौ २२ सम्मको समय दिएको छ ।

निर्वाचन आयोगको बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेशअनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न २२ भदौसम्मको म्याद दिने निर्णय गरेको हो ।

अब एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्न पाउने भएका छन् र त्यसवापत एमाले र जसपाले कसैलाई कारवाही गर्न पाउने छैन ।

एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले नयाँ गठन भएको दलमा प्रवेश गर्न चाहेमा प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र स्वयं उपस्थित भइ सनाखत गर्नुपर्ने उल्लेख गरिएको छ।

आयोगले भदौ ९ मा एकीकृत समाजवादी र लोसपालाई नयाँ दलको मान्यता दिँदै दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो ।

हेर्नुहोस् निर्वाचन आयोगको निर्णय :

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.