प्रदेश १ र गण्डकीमा भीषण वर्षाको सम्भावना

A notice in Nepali from Mechinagar Ward No. 10

१७ भदौ, काठमाडौं : मनसुनी वायुको प्रभावले आज प्रदेश १ र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा भने सामान्य बदली हुने भएको छ। प्रदेश १ र गण्डकी प्रदेशमा भोलि पनि ठूलोको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार पनि गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा भएको थियो।

देशभर मनसुनी गतिविधि केही कमजोर भएकाले वर्षाको सम्भावना कम हुँदै गएको छ। तैपनि देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको प्रक्षेपण छ।

काठमाडौं उपत्यकामा भने आज घाम लाग्ने जनाइएको छ। साँझ भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.