नेपाली काँग्रेसले तोक्यो अधिवेशनमा उम्मेद्वारी दर्ता शुल्क

A notice in Nepali from Mechinagar Ward No. 10

१८ भाद्र, काठमाण्डौं : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दर्ता गर्न चाहने काँग्रेसका क्रियाशिल सदस्यले उम्मेद्वारी दर्ता शुल्क तिर्नु पर्छ ।
नेपाली काँग्रेसको निर्वाचन निर्देशिका २०७८ ले सबै तहका उम्मेद्वारका लागि दर्ता शुल्क तोकेको छ । काँग्रेसले अधिवेशनमा उम्मेद्वार हुन चाहनेहरुका लागि विभिन्न पदमा १०० देखि ३० हजारसम्म उम्मेद्वारी शुल्क तिर्नु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

भदौ १८ गते वडा अधिवेशनबाट शुरु हुने काँग्रेसको १४ महाधिवेशनका उम्मेद्वाहरुले निम्नानुसार उम्मेद्वारी शुल्क सम्बन्धीत निर्वाचन समितिलाई बुझाउनु पर्नेछ ।

गाउँपालिका / नगरपालिका वडा कार्य समिति 
सभापति : रु.५००/–
उपसभापति, सचिव र सहसचिवः रु.३००/–
प्रदेशसभा क्षेत्रिय प्रतिनिधिः रु.५००/-
वडा सदस्यः रु.१००/–

गाउँपालिका कार्य समिति :
सभापति : रु.२०००/–
उपसभापति, सचिव र सहसचिवः रु.१०००/–
सदस्यः रु.५००/–

नगरपालिका कार्य समिति :
सभापति : रु.४०००/–
उपसभापति र सचिव : रु.३०००/–
सहसचिव : रु.२०००/–
सदस्यः रु.१०००/–

महानगरपालिका / उपमहानगरपालिका कार्य समिति :
सभापति : रु.५०००/–
उपसभापति र सचिव : रु.३०००/–
सहसचिव : रु.२०००/–
सदस्यः रु.२०००/–

प्रदेश सभा क्षेत्रिय कार्य समिति :
सभापति : रु.५०००/–
उपसभापति र सचिव : रु.३०००/–
सहसचिव : रु.२५००/–
सदस्यः रु.२०००/–

प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति :
सभापति : रु.७०००/–
उपसभापति र सचिव : रु.५०००/–
सहसचिव : रु.४०००/–
सदस्यः रु.२०००/–

जिल्ला कार्य समिति :
सभापति : रु.१००००/–
उपसभापति र सचिव : रु.७०००/–
सहसचिव : रु.६०००/–
सदस्यः रु.३०००/–

प्रदेश कार्य समिति :
सभापति : रु.१५०००/–
उपसभापति, महामन्त्री र सहमहामन्त्री : रु.११०००/–
सदस्यः रु.५०००/–

केन्द्रीय कार्य समिति : 
सभापति : रु.३००००/–
उपसभापति र महामन्त्री : रु.२५०००/–
सहमहामन्त्री : रु.२००००/–
सदस्यः रु.१००००/–

प्रदेश महाधिवेशन प्रतिनिधि : रु.३०००/–
केन्द्रीय महाधिवेशन प्रतिनिधि : रु.५०००/–
केन्द्रीय महासमिति सदस्य : रु.७०००/–

सभार : सेतोपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.