किरण बने नेपालबाट अन्तर्राष्ट्रिय सार्वधिक खेल खेल्ने खेलाडी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । गोलकिपर एवंम् कप्तान किरण कुमार लिम्बु नेपालबाट अन्तर्राष्ट्रिय सार्वधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

आइतबार दशरथ रंगशालामा भारतविरुद्धको दोस्रो खेलमा मैदान उत्रिएसंगै किरणले सर्वाधिक खेल खेल्ने किर्तिमान कायम गरका हुन् । उनको राष्ट्रिय टिमबाट खेल संख्या ७४ पुगेको छ । यसअघि बिहीबार किरणले विराज महर्जनको नाममा रहेको राष्ट्रिय टिमबाट खेल्ने सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेका थिए।

६ फिट २ इन्च अग्ला किरणले सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । कम्बोडियामा भएको एएफसी च्यालेञ्ज कपको छनोटमा उनले मकाउविरुद्ध पहिलो रोजाइमा खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए । तर उनी घाइते हुँदै मैदान छोड्नु परेपछि उनको डेब्यु सुखद रहेन ।

उनले सन् २०११ बाट फेरि राष्ट्रिय टिममा पुनरागमन गरे। पोखरामा भएको भुटानविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै उनी राष्ट्रिय टिममा फर्किए। त्यस यता उनी निरन्तर नेपाली टिमबाट खेलीरहेका छन् ।

उनले नेपाली टिमबाट सन् २०१६ को एएफसी सोलिडारिटी कप र गत चैतमा भएको थ्री नेसन्स कपको उपधि जित्ने अवसर पाएका छन्।

गत चैतमा दशरथ रंगशालामा भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल हराएपछि किरणले राष्ट्रिय टिमको कप्तानको रुपमा पहिलो पटक उपाधि उचाल्ने अवसर पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.