युवाहरुको सरकारलाई खबरदारीसहित मोटरसाईकल र्याली र सभा

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, | जनता समाजवादी पार्टीको भातृ संगठनले विहीबार झापामा प्रदर्शन गरेको छ । तात्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाज पार्टीको भातृ संगठन समाजवादी युवा संघ जिल्ला कमिटी र राष्ट्रिय युवा संघ जिल्ला कमिटी झापाको आयोजना पार्टी एकताको सन्देश तथा सरकारलाई खवरदारी गर्नका लागि मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको हो ।

वर्तमान ओली नेतृत्वको सरकारले गरेको वेथिती, भ्रष्टचार र कालाबजारीको विरुद्घ खबरदारी गर्न प्रदर्शन गरिएको पार्टीले जनाएको छ । झापाको दमकस्थित पार्टी कार्यालयबाट रेशम चौधरीलाई रिहा गर्नुपर्ने, डक्टर गोविन्द केसीको मागलाई समबोधन गर्नुपर्ने, निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही गर्नुपर्ने, कालापानी, लिपुलेक लिम्पियाधुरा तुरुन्त फिर्ता गर्नुपर्ने, कोरोना नियन्त्रणमा भएको खर्च पारदर्शीरुपमा सार्वजनिक गर्नुपर्ने, कालाबजारी नियन्त्रण गर्नुपर्ने, दलिय भागवण्डाको अन्त्य हुनुपर्नेलगायतका नारा र प्लेकार्डसहित शुरु र्याली मेचीनगर काँकरभिट्टास्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने अधिकाँश वक्ताहरुले वर्तमान सरकारको आलोचना गरेका थिए । अहिले सरकार जनताको प्रिय बन्न नसकेको भन्दैं देशमा हत्या हिसाँका घटना बढिरदासम्म सरकार मौन बसेको वक्ताहरुको आरोप थियो । पछिल्लो समय देशमा भएका जति पनि आपराधिक घटना छन् त्यसमा अप्रत्यक्षरुपमा सरकारको संलग्नता रहेको टिप्पणी उनीहरुले गरेका थिए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका वर्ष वितिसक्दासम्म घटनामा संलग्न अपराधिको पहिचानमा सरकार असफल भएका कारण एक मिनेटसम्म सरकारमा बस्ने अधिकार ओली नेतृत्वको सरकारलाई नभएको वक्ताहरुको भनाई थियो ।

कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार कता गइरहेको छ भन्ने कुरा सत्ता सम्हालेको यतिका अवधिमा नेपाली जनताले प्रष्टरुपमा बुझेको वक्ताहरुको भनाई थियो । कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सभा सदस्य राधा थापा , जनता समाजवादी युवा संघ १ नम्बर प्रदेश कमिटिका मुख्यः सचिव पवनदेव विष्ट, राष्ट्रिय युवा संघ १ नम्बर प्रदेशका अध्यक्ष रोशन लिम्बु, कर्मवीर युवा संगठनका अध्यक्ष नारायण कडरिया,जनता समाजवादी पार्टीका जिल्ल अध्यक्ष दिपेनवाला राई पार्टीका युवा नेता सन्तोष गणेशलगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.