नेपालद्वारा पपुवा न्यूगिनी पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

२२ भदौ, काठमाडौं : ओमानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले खराब ब्याटिङ गरेको छ। खराब ब्याटिङ गरेपछि १३५ रनको सामान्य लक्ष्य भएकाले नेपालले २ विकेटको संघर्षपूर्ण जित निकाल्यो।

सामान्य पछ्याएको नेपाललाई एकदिवसीयमा डेब्यू गरिरहेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए ।

११.१ ओभरमा कुशल १५ रनमा र १२.५ ओभरमा आसिफ ३० रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो। त्यसपछि मध्यक्रम चल्न नसक्दा दबाबमा परेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावरक समान ६ रनमा आउट हुँदा आरिफ सेखले ९ रन बनाए । यस्तै, कुशल मल्ल १ रनमा आउट हुँदा पवन सर्राफ गोल्डेन डकआउट भए।

त्यसपछि रोहितकुमार पौडेल र सोमपाल कामीले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहितले सर्वाधिक ४१ रन बनाउँदा सोमपालले २२ रनको योगदान दिए। रोहितले ६५ बलमा २ चौका प्रहार गरे।

यसअघि नेपाली बलर उत्कृष्ट प्रदर्शन गरेपछि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनी ३३ ओभरमा १३५ रनमै अलआउट भएको थियो । उसका लागि लेगा सिअकाले सर्वाधिक ३० रन बनाउँदा चार्लस अमिनीले २३ र गाउडी टोकाले २२ रनको योगदान दिए।

पपुवा न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने विक्रम सोब र कुशल मल्ले समान २ विकेट लिए । यस्तै, सोमपाल कामीले पनि १ विकेट लिए । सन्दीपले १० ओभरमा ३५ रन खर्चिए ।

यसै खेलमार्फत नेपाली राष्ट्रिय टिम र एकदिवसीय क्रिकेटमा डेब्यू गरेका बिक्रमले आफ्नो पहिलो बलमै विकेट लिएका थिए। योसँगै उनी डेब्यूको पहिलो बलमा विकेट लिने पहिलो नेपाली खेलाडी बने भने समग्रमा एकदिवसीयको उनी २८औं खेलाडी बनेका छन्। उनले ६ ओभरमा रन खर्चेर २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.