Friday, January 22, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राष्ट्रिय

साढे ७ लाखको स्रोत नखुल्दा बलेविरुद्ध २० करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
October 9, 2020
0
1 min read
in राष्ट्रिय
0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
साढे ७ लाखको स्रोत नखुल्दा बलेविरुद्ध २० करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । जुवा खालबाट पक्राउ परेका बले भनेर चिनिने गुन्‍डा नाइके रामप्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । जुवाखालमा भेटिएको ७ लाख रुपैयाँको स्रोत नखुल्दा उनी सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा तानिएका हुन् ।

विभागले विशेष अदालतमा दायर गरेको सम्पत्ति शुद्धीकरणको मुद्दामा सापकोटामाथि १७ करोड ५२ लाख ७७ हजार २ सय ६० करोड बिगो कायम गरी जरिवाना र कैद गर्न माग गरिएको छ । ‘क्यासिनो किङ’ भनेर चिनिने सापकोटा ०७६ कात्तिक १० गते महाराजगन्जमा विक्रम गौतमको घरमा अवैध जुवा कौडा खालबाट २५ जनासँगै पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त महाराजगन्जले साङ्बु शेर्पा नामको तीन लाखको चेक, कौडा ३२ थान र ४ बुक ताससहित सापकोटालाई पक्राउ गरेको थियो । त्यसको ५ दिनपछि कात्तिक १५ गते महानगरीय प्रहरी वृत्तले सम्पत्ति शुद्धीकरणमा उजुरीपत्र दायर गरेको थियो ।

प्रहरीसँग बयानका क्रममा सापकोटाले सात लाख ४० हजार आफ्नो साथबाट बरामद भएकामा ४० हजार मात्र आफ्नो भएको बताएका थिए । ४० हजार तलबबापतको रकम भएको बताएका सापकोटाले पछि बयान फेर्दै सात लाख भने आफ्नो नभएको बयान दिएका थिए । ‘‘उक्त जुवा मुद्दामा बयान हुँदाका दिन हतार-हतार भएको र सोही क्रममा बयान राम्रोसँग नपढी दस्तखत गरेको थिएँ,’’ सापकोटाले पछिल्लो बयानमा भनेका छन् ।

सापकोटाको इन्भेष्टमेन्ट बैंकमा रहेको ४ लाख ५५ हजार ८ सय ७७ रुपैयाँ, उम्प्लिफाइट इन्टरटेनमेन्ट प्रालिको सेयर पुँजीमा चुक्ता भएको रकम १५ लाख, २५ लाख, १२ करोड २६ लाख ७२ हजार र पञ्‍चकन्या हाउजिङको सवारी धनी रहेको र कक्षपतिको नामबाट नामसारी भएको भक्सवेगन, भेन्टो, प्राइभेट कार जफत गर्न पनि माग गरिएको छ ।

त्यस्तै, झापा मेचीनगर १३ मा निर्माणाधीन क्यासिनोसहितको प्रस्तावित पाँचतारे होटलको सापकोटाको नाममा रहेको ४० प्रतिशत सेयर स्वामित्व कायम रहेको भन्दै सो पनि सम्पत्ति शुद्धीकरण कसुर अपराध भएको पुष्टि भएको विभागले दायर गरेका मुद्दामा जनाइएको छ । त्यस्तै, मेची नगरपालिका १३ मै २ तले घर र ०७३ सालमा खरिद गरेको ४१ लाखको गाडी पनि कसुरजन्य कार्यबाट आर्जित रकमबाट खरिद गरेकाले सम्पत्ति शुद्धीकरण अपराध गरेको भन्दै जफत गर्नुपर्ने जिकिर गरिएको छ ।

सापकोटाकी श्रीमतीविरुद्ध पनि मुद्दा
सापकोटासँगै उनको श्रीमती सिर्जना कक्षपतिको नाममा रहेको सम्पत्तिको पनि स्रोत नखुलेको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ । कक्षपतिको नाममा रहेको सम्पत्तिको पनि स्रोत नखुलेको विभागको अनुसन्धानबाट खुलेको छ । विभागले दायर गरेको मुद्दामा कक्षपतिविरुद्ध २ करोड ५८ लाख ६४ हजार ७ सय ४७ रुपैयाँ विगो कायम गर्न माग गरिएको स्रोतको दाबी छ

लगानी अनुपातमा कर तिरेको देखिएन 
सापकोटाले विभिन्‍न कम्पनीमा लगानी गरेका छन् । तर, उनले लगानी अनुपातमा सरकारलाई कुनै कर, राजस्व तिरेको नदेखिएको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

क्यासिनो रोयलमा गैरकानुनी किसिमले टेबल सञ्‍चालन गरेको, श्रीमतीको नाममा खाता खोली काठमाडौं र पोखराका क्यासिनोसँग कारोबार गर्ने गरेको विभाको अनुसन्धानमा देखिएको छ । त्यस्तो कारोबार सापकोटाकी पत्नी कक्षपतिको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता विवरणबाट देखिएको मुद्दामा उल्लेख छ ।

0
सेयर
28
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

सीटीइभीटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने

अर्को समाचार

यसपालिको दसैंमा प्रहरीले बिदा नपाउने

सम्बन्धित समाचारहरु

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो: प्रधानमन्त्री ओली
मुख्य समाचार

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो: प्रधानमन्त्री ओली

मेरो मेचीनगर डेस्क
January 22, 2021
यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट
मुख्य समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट

मेरो मेचीनगर डेस्क
January 22, 2021
प्रदेश सांसद श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई हैरान
राजनीति

प्रदेश सांसद श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई हैरान

मेरो मेचीनगर डेस्क
January 22, 2021
विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल
अन्तर्वार्ता / विचार / समीक्षा

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल

मेरो मेचीनगर डेस्क
January 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
    डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
  • काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
    काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
  • बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
    बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
  • झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
    झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
  • सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
    सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
अर्को समाचार
यसपालिको दसैंमा प्रहरीले बिदा नपाउने

यसपालिको दसैंमा प्रहरीले बिदा नपाउने

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz