हिमशिखर एग्रोद्वारा किसानलाई क्रेडिट कार्ड वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

७ असोज, दमक:  सरकारले किसानका धेरै कामहरु गर्छु भनेर पनि गर्न सकेको छैन । तर, गत आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश कार्यक्रम भने लागू भएको छ । किसानका आर्थिक समस्यालाई मध्यनजर गर्दै किसान क्रेडिट कार्डको अवधारणा आएसँगै अहिले किसानहरु यसप्रति आकर्षित हुन थालेका छन् ।

झापा दमक १० कि शान्त कुमारी थाम्सुहाङ लिम्बू बिहिबार किसान क्रेडिट कार्ड पाएपछि दङ्ग हुनुहुन्थ्यो । कृषि उद्यमका लागि सहयोगी हुने यो किसान क्रेडिट कार्ड पाएर दङ्ग हुनेमा उहा मात्रै हैन सोही ठाउँका जितबहादुर धिमाल, सोमबहादुर धिमाल, राजकुमार धिमाल र उदयभक्त केरुङपनि कार्ड पाएपछि हर्षित हुनुहुन्थ्यो । हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टर प्रा.लि. दमकले मेगा बैंक सँगको सहकार्यमा यी किसानहरुलाई किसान क्रेडिट कार्ड वितरण गरेको हो ।

 

बिहिबार एक कार्यक्रमको आयोजना गरि किसान क्रेडिट कार्ड वितरणसँगसँगै किसानहरुलाई किसान वित्तीय साक्षरताका विषयमा छलफल समेत गराएको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख ओलीले किसान सम्मानित पेशा भएकाले किसानका हक र हितका लागि हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टरले सुरुवात गरेको यो कामको उहाँले प्रशंसा समेत गर्नुभयो । नगरप्रमुख ओलीले अहिलेपनि किसानका नाममा अरुलेनै सेवा लिईरहेको प्रति चिन्ता जनाउदै उहाँले आगामी दिनमा यस्ता क्रियाकलापको अन्त्य गर्न आफूहरु लागि पर्ने धारणा समेत राख्नुभयो ।

 

यस्तै कृषकहरुलाई डिजिटल कृषि प्रणाली मार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उदेश्यका साथ मेगा बैंकको सहयोगमा किसान क्रेडिट कार्ड वितरण गरिएको एग्रोका अध्यक्ष धुब्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाले बिहिबार शुभारम्भ भएको किसान क्रेडिट कार्ड वितरण अभियानले किसानलाई थप हौशला मिल्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
यस्तै, हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरेले किसानका लागि आफुहरु सदैब सहयोग गर्न तत्पर रहेको बताउनुभएको थियो । उहाँले सहुलियत कर्जामात्र हैन आगामी दिनमा किसानलाई आवस्यक पर्ने अन्य कामका लागि सहयोगी बन्न आफु र आफ्नो संस्था सदैब तयार रहेको उहाँको भनाइ छ ।

 

कार्यक्रममा मेगा बैंकका माईक्रो हेड पूण्यप्रसाद खनिया, बैंकका प्रदेश १ का प्रमुख बिबेक बन्धु न्यौपाने लगायत अन्य प्रतिनिधिहरु, त्यसैगरि दमक नगरपालिकाका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु विकास अधिकृत पदम राई लगायतले मन्तब्य राख्नुभएको थियो ।

एग्रोका अध्यक्ष ध्रुब प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सञ्चालन हिमशिखर टेलिभिजनका समाचार शाखा प्रमुख सुदिप अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.