भारत-नेपालको सीमा नाका खोल्नुपर्ने माग गर्दै पानीटंकीका व्यापारीहरुद्वारा विरोध प्रदर्शन(भिडियो सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असोज, काँकरभिट्टा : नेपाल भारत सीमाको काँकरभिट्टा पूललाई सामान्य बनाउनको लागि पानीटंकी व्यापार समितिको तर्फबाट विरोध प्रदर्शन गरिएको छ।

यस क्रममा आन्दोलनकारीहरुले नजिकैको भारतीय सीमा प्रशासको कडा शब्दमा आलोचना गरेका छन्। आन्दोलनकारीहरुले पानीटंकी नेपाल – भारत सिमाना नजिकै रहेको बताएका छन्।

नेपाली नागरिकहरु पनि हाट बजार गर्न भारतीय क्षेत्रमा आउँछन्, जब कि भारतीय क्षेत्रमा बस्ने लाखौं मानिसहरु आफ्नो जीविकोपार्जनको लागि नेपालमा निर्भर छन्। लामो समयसम्म बोर्डर नखुल्दा सीमा क्षेत्र पानीटंकी लगायतमा बसोबास गर्ने हजारौं भारतीय नागरिकको जिविकोपार्जामा समस्या सृजना भएको छ । आन्दोलनकारीहरुले मेचीपुल नखुलेसम्म आन्दोलन जारी रहने बताएका छन्।

यस सन्दर्भमा पानीटंकी व्यापार समितिका सचिव दीपक चक्रवर्तीले भन्नुभयो ”जब नेपाल सरकारले आफ्नो सिमाना खोलेको छ, तब भारत सरकारले भारत–नेपाल सीमाको काँकरभिट्टा पूल पनि खोल्नु पर्छ ताकि नजिकिदै गरेको चाडपर्वमा आफन्त र नातेदारहरुलाई स्वतन्त्र रुपमा भेट्न सकियोस्। र भारतबाट नेपाल हजारौं रोजगारीका लागि नोपली सीमा क्षेत्रमा जाने र नेपालबाट समेत आउने गर्दछन् । तर सीमा खोल्ने सम्बन्धमा राज्य प्रशासनले कुनै जानकारी दिएको छैन।” उहाँले अगाडि भन्नुभयो, “भारत–नेपाल सीमा बन्द भएको धेरै दिन भैसकेको छ, के भारत सरकारले केहि सरकारी दिशानिर्देश जारी गरेर सीमा सामान्य रुपमा गर्न सक्दैन ?”

जबकि भारत – नेपाल सीमाको सबै सीमानाहरु खोलिएको छ। यस पछि पनि काँकरभिट्टा पूल खोलिएको छैन। जसका कारण सीमा क्षेत्रका मानिसहरुको अवस्था अत्यन्तै नराम्रो बनेको छ। सीमा क्षेत्रका मानिसहरु भारत र नेपालबाट मात्र आफ्नो जीविका पाउँछन्। उहाँले भन्नुभयो कि १८ महिनादेखि सामान्य रुपमा आवागमन नहुँदा पानीटंकी बजारका १२०० पसलहरु पूर्ण रुपमा प्रभावित भएका छन्। उहाँले भन्नुभयो कि दुर्गा पूजा नजिकै छ, यदि सिमाना खोलिएमा मात्र यी सबै पसलहरुको अवस्था राम्रो हुनेछ।

उहाँले काँकरभिट्टा सीमाना सामान्यीकरण गर्ने मागको बारेमा भने– सेप्टेम्बर ७ तारिकमा दार्जिलिङ्ग जिल्लाका डीएम एस पन्नाबल्लमको नामबाट खोरीबारी बीडीओ निरंजन बर्मनलाई ज्ञापन पेस गरेका थियौं तर प्रशासनको तर्फबाट हालसम्म कुनै पनि आदेश वा सूचना नआएको बताउनु भयो ।

उहाँले भन्नुभयो कि नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट भारतसँगको सीमा खुला गर्ने निर्णय गरेको छ तर यसको बावजुद प्रशासनद्वारा सीमा को सम्बन्ध मा कुनै पहल भईरहेको छैन।

भिडियो  :

सभार : खबरआजकल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.