सोह्रखुट्टेमा ग्यास सिलिन्डर विस्फोट : ११ जना घाइते [अपडेट]

काठमाडौँ — काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् ।

स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले कान्तिपुरलाई बताए । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् भने नजिकमा रहेका अन्य घरमा पनि सामान्य क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.