२१ असोज, काठमाडौँ: दशैं, तिहार र छठको अवसरमा एनसेलले कल गर्दा स्मार्ट फोन पाइने नयाँ योजना ल्याएको छ।
आजदेखि लागू हुने गरि एनसेलले विदेशमा कल गर्दा स्मार्ट फोन पाउने योजना ल्याएको हो। यो योजना अन्तर्गत मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन वितरण गर्ने भएको छ।
त्यस्तै, विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता एउटा स्मार्टफोन पाउन सक्नेछन्।
यो योजना अन्तर्गत एनसेलले पाँच साताको यो योजनामा ११० जना ग्राहकलाई ११० वटा स्मार्टफोन उपहार प्रदान गर्ने भएको हो।
यससँगै एनसेलले चाडपर्वको अवसरमा शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गर्न लागेको छ।
यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालको प्रस्तुति रहने भएको छ। उनीहरुसँगै कमेडियन सुमन कार्कीको पनि प्रस्तुति रहने एनसेलले जनाएको छ।

























