सञ्चार माध्यमको तथ्याङ्क संकलन र प्रोफाइल निर्माण सम्बन्धी प्रश्नावली माथि प्रादेशिक सञ्चार प्रतिष्ठानद्वारा अन्तरक्रिया

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असोज, भेडेटार : लामो कोरोना कहरसहित समाज परिवर्तनका अनेकन कारणले सञ्चार माध्यम र पत्रकारहरुमा परेको प्रभावबारे अध्ययन गर्न तथा भावी दिनमा सोही विषयमा अनुसन्धान गर्ने उद्देश्यले आज धनकुटाको भेडेटारमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रादेशिक सञ्चार प्रतिष्ठानको आयोजनामा झापा, मोरङ्ग, सुनसरी र धनकुटा गरी ४ जिल्लाका पत्रकार महासंघ, सञ्चार संस्थाका प्रतिनिधि र अगुवाहरुबीच सञ्चार माध्यमको तथ्याङ्क संकलन र प्रोफाइल निर्माण सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको अध्यक्षतामा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका सञ्चालक समिति सदस्य गोपाल काफ्लेले आमन्त्रितहरुलाई स्वागत गर्दै प्रदेश १ का १४ वटा जिल्लामा दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन न्यूजपोर्टलको वर्तमान स्थितिसहित ती सञ्चार माध्यममा आश्रित पत्रकार तथा कर्मचारीहरुको अवस्था अध्ययन गर्न प्रतिष्ठानले ‘सञ्चार माध्यमको तथ्याङ्क संकलन र प्रोफाइल निर्माण’ सम्बन्धी अन्तरक्रिया राखेको अवगत गराएका थिए ।

सो सम्बन्धी अर्का सञ्चालक सदस्य महेन्द्र विष्टले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रादेशिक सञ्चार प्रतिष्ठान गठन भएदेखि हालसम्म भए गरेका कामहरुको संक्षिप्त जानकारीसहित भावी कार्ययोजनाका बारेमा प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले प्रकाश पारेका थिए ।

कार्यक्रमको पूरै अवधिभर सहभागिता जनाएका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले सञ्चारको जिम्मेवारी पनि यसै मन्त्रालयको भएकाले पत्रकार र सञ्चार माध्यमको विकासमा सकरात्मक र गुणात्मक कार्याक्रम सञ्चालनमा सहयोग गर्ने आश्वासन दिएका थिए । उनले समाजमा भएका नकरात्मक विषयलाई मात्र समाचारका रुपमा प्रस्तुति गरिदिँदा सकरात्मक विषयका समाचार ओझेलमा परेको तीतो यथार्थ सुनाए ।

आधा दर्जनभन्दा बढी जिल्लाको सिडिओ भएर सेवा गरिसकेको सुनाउँदै मन्त्रालयका सचिव पराजुलीले पत्रपत्रिका, रेडियो, टेलिभिजनमा आएका समाचारको प्रभावले पनि समाज परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त थरेका थिए ।

तथ्याङ्क संकलन र प्रोफाइल निर्माणका लागि तयार गरिएका प्रश्नावलीमा समूहगत छलफल गरी पत्रकार महासंघ मोरङ्गका अध्यक्ष सन्जीव खनाल र झापाका सचिव डिकेश लामाले सुझाव प्रस्तुत गरेका थिए ।

सो अन्तरक्रिया कार्याक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता बराइली, प्रदेश समितिका उपाध्यक्ष हिमा चेम्जोङ्ग, सक्रिय महिला पत्रकार समूह सुनसरीका उपाध्यक्ष सुभद्रा प्याकुरेल, उद्घोष दैनिकका संस्थापक÷संम्पादक मोहन भण्डारी, पीवी दियाली, श्यामकुमार सुतिहारलगायतले सुझावसहित आफ्ना भनाई राखेका थिए । आज सम्पन्न अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै प्रतिष्ठानले प्रश्नावलीको अन्तिम टुङ्गो लगाउने कार्यकारी निर्देशक शर्माले बताएका छन् ।

सोही कार्याक्रममा धनकुटाका पुराना पत्रकार जनविश्वास साप्ताहिकका संस्थापक सम्पादक सञ्जय सन्तोषी राईलाई जटिल प्रकृतिका रोग लागेका कारण उपचारमा सहयोग पुर्याउने ध्येयले ५० हजार रुपैयाँको चेक प्रदान गरिएको छ । मन्त्रालयका सचिव पराजुली र प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले अग्रज पत्रकार राईलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी प्रतिष्ठानले मिर्गौला प्रत्यारोपण गराएकी झापाकी पत्रकार माया पकुवाललाई र रक्त क्यान्सरको उपचार पछि बोनम्यारो प्रत्यारोपण गराइरहेका मोरङका पत्रकार कमल पौडेललाई पनि ५०–५० रुपैयाँ प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका सञ्चालक सदस्य गोपाल काफ्लेले जानकारी दिएका छन् । अन्तरक्रिया कार्यक्रमको सञ्चालन मन्त्रालयका अधिकृत उपेन्द्र श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.