२१ असोज, मेचीनगर : कान्छा कान्छी पिङ्ग तथा कयाफे साहसिक खेल स्वीङ्ग एक कार्यक्रमको बीच उदघाट्न भएको छ । बुद्धशान्ती गाउँपालिका–७ स्थित सुनमाइमा रहेको यो साहसिक खेलमा रुखको छ्हारीमा बसेर टिमाई खोला र हरियाली नियाल्दै रमाइलो लिन सकिने र पर्यटकका लागि नौलो स्वाद सहितको राम्रो गन्तव्य रहेको छ ।
एक करोड बराबर लगानी र सम्पूर्ण विदेशी सामग्रीले निर्माण गरिएको छ । यस खेलमा सहभगी हुने खेलाडीका लागि १० लाखसम्मको दुर्घटना बिमा समेत गरिएको छ । खेलाडीहरुको लागि पाँच सय रुपैयाँ शुल्क लिइने संचालक सुनिल ढुंगानाले बताउनु भयो । ।
कार्यक्रममा विदेशी अनुभवलाई स्थानीय विकासका लागि लगानी गरि आफू र अरुलाई समेत रोजगार बनाएको र प्रकृतिको धनी रहेको शान्तिनगरलाई दिगो विकासका लागि योजनाहरु बनाई युवाहरुलाई गरिखान सक्ने बनाउनु पर्ने भन्दै स्थानीय सरकार समेतले सहयोग गर्नु पर्नेमा जोड दिएको छ ।
देशको अर्थतन्त्र बलियो बनाउने र रोजगारी सृजना गर्ने एउटा महत्वपूर्ण खम्बाको रुपमा पर्यटनको विकास हुँदै गरेकोले पर्यटन व्यवसायमा युवाहरुको अकर्षण बढ्नु एउटा राम्रो सुरुवात भएको भन्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठ बताउनु हुन्छ ।
कार्यक्रममा विशेष अतिथि कन्चनजङ्गा एफ एमका प्रबन्ध निर्देशक चन्द्र भन्डारी, विशिष्ट अतिथि शान्तिनगर गाउँ पालिका उपाध्यक्ष मिरा भुर्तेल, प्रमुख अतिथि शन्तिनगर गाउँपालिका अध्यक्ष रमेश भुजेलले संयुक्त रुपमा स्वीङ्गको औपचारिक उद्घाटन गर्नु भएको थियो । उहाँहरुले उद्घाटन गर्दै व्यवसायिक सफलताको शुभकामना सहित मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन गिता ढुंगानाले गर्नु भएको थियो।

























