साफ च्याम्पियनसिप : आज हुने खेलमा नेपालले भारतको सामना गर्नेछ भने माल्दिभ्सले श्रीलंकाविरुद्ध खेल्नेछ

A notice in Nepali from Mechinagar Ward No. 10

२४ असोज, काठमाण्डौंँ : साफ च्याम्पियनसिप फुटबल २०२१ बिहीबार रातिका खेलपछि रोमाञ्चक मोडमा पुगेको छ । फाइनल पुग्ने दुई टिमको समीकरण अझै ठ्याक्कै स्पष्ट हुन सकेको छैन । नेपालका लागि भने फाइनल पुग्ने समीकरण आफ्नै हातमा रहेको छ ।

तस्बिर : एन्फा

प्रतियोगिताको चौथो दिन आज दुई खेल छ । त्यसले लगभग उपाधिका लागि भिड्ने दुई टिमको निर्णय गर्न सक्नेछ । यदि आज स्पष्ट आएन भने निर्णयका लागि राउन्ड रोबिन लिगका अन्तिम दुई खेलको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

आज हुने खेलमा नेपालले भारतको सामना गर्नेछ । आज नै माल्दिभ्सले श्रीलंकाविरुद्ध खेल्नेछ ।

राउन्ड रोबिनका आधारमा चलिरहेको प्रतियोगितामा नेपाल २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ । आइतबार हुने खेलले फाइनल पुग्ने दुई टिमको समीकरण तयार पार्न मद्दत गर्नेछ । बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ भने माल्दिभ्ससँग ३ अंक छ । त्यसपछि भारतको २ अंकमा छ । श्रीलंका भने १ अंकमा सीमित छ । टोलीको प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ । अबको खेलमा भारतलाई हराउने हो भने नेपाल सिधै फाइनल पुग्नेछ । अन्य नतिजामा भने नेपालले लिग चरणको अन्तिम दिनसम्म कुर्नुपर्नेछ । बिहीबार रातिको खेलमा आयोजक माल्दिभ्स विजयी रह्यो ।

टोलीले आफ्नो राष्ट्रिय दिवसका दिन बंगलादेशलाई २–० ले हराएर प्रतियोगितामा पुनरागमन गरेको हो ।

माल्दिभ्स आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । बंगलादेशविरुद्धको खेल गुमाएको भए टोली प्रतियोगिताबाट बाहिरिने अवस्थामा हुन्थ्यो । तर सानदार पुनरागमन रच्नेक्रममा माल्दिभ्सका हाम्जा मोहम्मदले ५५ औं मिनेटमा पहिलो गोल गरे । यो उत्कृष्ट गोल रह्यो । बंगलादेशी पेनाल्टी एरियामा उनले ओभरहेड किकको मद्दतमा आकर्षक गोल गरेका थिए । त्यसपछि भेट्रान खेलाडी अली अस्फाकले पेनाल्टीबाट ७४ औं मिनेटमा दोस्रो गोल थपेर जित निश्चित गरे ।

साफ च्याम्पियनसिप इतिहासकै सफल खेलाडी अस्फाकले बंगलादेशी गोलरक्षक जिकोलाई कुनै अवसर नदिई सजिलै गोल गरे । खेलपछि आयोजित पोस्टम्याच कन्फ्रेन्समा माल्दिभ्सका प्रशिक्षक अली सुजेनले बंगलादेशसँग आफ्नो टिमका लागि जित एकमात्र विकल्प रहेको बताउँदै देशका जनताका लागि जित राष्ट्रिय दिवसको उपहार भएको बताए । उनले अब आफ्नो टिम फेरि एकपल्ट फाइनल प्रवेशका लागि बलियो प्रत्याशी भएको दाबी गरे ।

बंगलादेश भने हारपछि दबाबमा आएको छ । टोलीको पनि फाइनल प्रवेश सम्भावना जीवन्त छ । बंगलादेशी प्रशिक्षक ओस्कार ब्रुजोनले आफ्नो टिम लगातार खेलेर थाकेको बताए । उनले माल्दिभ्सविरुद्धको खेलमा आफ्नो टिम कमजोर रहेको स्वीकारे । अब बंगलादेशले अन्तिम खेलमा नेपालको सामना गर्नेछ । बिहीबारै श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । भारत आफूले खेलेका दुवै खेलमा बराबरीमै चित्त बुझाउन बाध्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.