Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह पर्यटन / भ्रमण

हरेकक्षेत्र पर्यटनमैत्री बन्नुपर्नेमा सभासद मैनालीको जोड

नाटाको १ नम्बर प्रदेशकोे कार्यालय र वेबसाइट उद्घाटन

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 18, 2020
  • 2:54 PM
  • No Comments
भित्र पर्यटन / भ्रमण, मुख्य समाचार, राष्ट्रिय
224 2
A A
Share on FacebookShare on Twitter

सुजन प्रधान
काँकरभिट्टा | १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हरेक व्यवसायीले आ—आफ्नो व्यवसायलाई मर्यादित र अनुशासीतरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिले विश्वका सवै व्यवसाय ठप्प प्रायः भएकाले विश्वकै अर्थतन्त्रमा समेत नकरात्मक असर परिरहेको उहाँको भनाई थियो ।

आइतबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय र संस्थाको वेभसाईड उद्घाटनका क्रममा सभासद मैनालीले उक्त कुरा बताउनुभएको हो । अहिलेको विषम परिस्थितीमा हरेक व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अघि सारेका स्वास्थ्य मापदण्डलाई कार्यान्वयन गदैं व्यवसाय सञ्चालनमा उहाँको जोड थियो ।

नेपालको पर्यटनक्षेत्रको प्रवद्र्घन र विकासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशले खेलेको भूमिका निक्कै प्रशंसनीय रहेको भन्दैं सभासद मैनालीले हरेक व्यवसायीले आफ्ना व्यवसायलाई पर्यटकमैत्री बनाउनुपर्ने बताउनुभयो । सभासद मैनालीले अब हरेक ट्राभल व्यवसायीहरुलाई एउटा जहाजको टिकट विक्री गरेर मात्र व्यवसाय धान्ने काम मात्र नगर्न सुझाँव दिदैं हरेक पर्यटन व्यवसायीहरु व्यवसायीकारुपमा मात्र नभएर पर्यटकिय क्षेत्रको प्रवद्र्धन र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । ट्राभल सञ्चालनका नाममा जहाजको टिकट बेचेर व्यवसायी नहुने भन्दैं उहाँले संस्था कानुनीरुपमा मजवुत हुनुपर्ने व्यवासयी अनुशासीत र पर्यटनमैत्री बन्नुपर्ने आफ्ना ठाउँमा सेवा लिन आउन सेवाग्राहीसँगको बोलचाल मीठो र उप्रति जिम्मेवार बन्ने हुने खालको हुनपर्ने उहाँको भनाई थियो ।

हरेक पर्यटन व्यवसायीहरुले स्थानीय ठाउँका पर्यटकियक्षेत्रको विकास गदैं पर्यटकलाई आर्कषित गर्नुपर्ने र त्यसमा प्रदेश सरकारकातर्फबाट गर्नुपर्ने साथ सहयोग जहिले पनि प्राप्त हुने विश्वास दिलाउनुभयो । संघीय र स्थानीय सरकारकातर्फबाट समेत गर्ने सहयोग र समन्वय सवै हुने उहाँको तर्क थियो । पर्यटनकाक्षेत्रमा लगानी नगर्ने कुनै हालतमा पर्यटन व्यवसायी बन्न नसक्ने भन्दैं उहाँले आफुले कमाएको केही रकम पर्यटनकाक्षेत्रमा खर्च गर्न लाग्नुपर्ने बताउनुभयो । नाम मात्रैका पर्यटन व्यवसायीहरुले पर्यटकीयक्षेत्रको सुधार नहुने उहाँको तर्क थियो ।

उहाँले हरेक पर्यटन व्यवासायीबीच समधुर सम्बन्ध रहनुपर्ने बताउदैं प्रदेश नम्बर १ पर्यटनका हिसावले निक्कै सम्भावना बोकेको प्रदेश भएकाले यसलाई अवसरका रुपमा लिएर १ नम्बर प्रदेशका हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा लाग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । १ नम्बर प्रदशेका विभिन्न ठाउँमा रहेका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुग्न पर्यटकलाई केही समस्या भएकाले तिनको पहिचान गरी समाधानतर्फ लाग्न समेत उहाँले जोड दिनुभयो । नाटाका निवर्तमान अध्यक्ष भुपालराज श्रेष्ठले नाटाको विगत र वर्तमानका बारेमा अवगत गराउनुभएको थियो ।

१७ असोजमा सम्पन्न संस्थाको नवौं अधिवेशनबाट उदयकुमार श्रेष्ठको नेतृत्वमा नाटाको १ नम्बर प्रदेश समिति चयन भएको थियो । त्यस लगत्तै आफ्नो स्वीकारोक्ती दिने क्रममा आफुले चुनाव जितेको दुईसाताभित्रमा संस्थाको प्रादेशकि कार्यालय र वेबसाइट www.nattap1.org सञ्चालनमा ल्याउने उहाँले घोषणा गर्नुभएको थियो । सोहि घोषणा अनुसार ठीक दुईसातामा आफुले बोलेको कुरा कार्यान्वयनमा ल्याएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

उपाध्यक्ष ऋषिराज तिम्सीनाले सञ्चालन गरेको उदघाटन कार्यक्रममा पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले हरेक यातायात व्यवसायीहरु संस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको बताउदैं अहिले पर्यटन व्यवसायीका नाममा जताततै ट्राभल सञ्चालन भएकाले यसले समाजमा विकृतिविसंगति भित्रिने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न नाटाले भूमिका खेल्नुपर्ने बताउनुभयो । ट्राभल व्यवसायीहरले समेत ‘दलाल’ राखेर लामो तथा छोटोदुरीसम्म जाने यात्रुहरुलाई बसको टिकट समेत विक्री गरी अनावश्यक झण्झट दिएको भन्दैं अध्यक्ष श्रेष्ठले यस्तो प्रथाको अन्त्य गर्न नाटालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मैनालीले होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव एवम् नाटाका पूर्व कोषाध्यक्ष राजु अधिकारी, होटल व्यवसायी संघ मेचीनगरका सचिव हस्तकुमार तामाङ्गलगायतलाई नेपाल पर्यटन बोर्डको पर्यटनक्षेत्रको प्रोटोकल र गाइडलाईन पुस्तक समेत प्रदान गर्नुभयो । कार्यक्रममा कोषाध्यक्षमा संजीत तामाङलगायत प्रदशेका अग्रज पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

Share42Tweet26SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

कंगना र बहिनी रंगोलीविरुद्ध 'एफआईआर' दर्ता

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In