साफ च्याम्पियनसीप फुटबल : बंगलादेशलाई बराबरीमा रोके नेपाल फाइनलमा

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असोज, झापा : माल्दिभ्समा जारी साफ च्याम्पियनसीप फुटबलमा आज फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने छ ।

आज लिगको अन्तिम खेलमा नेपालले मालेस्थित नेसनल रंगशालामा दिउँसो ४ः४५ बजे बंगलादेशसँग तथा माल्दिभ्सले भारतसँग भिड्दै छ । आजै भारत र माल्दिभ्सबीच पनि ९ः४५ बजे खेल हुँदैछ ।

६-६ अंक जोडेका नेपाल र माल्दिभ्सलाई बराबरी मात्रैले पनि फाइनलमा पुर्‍याउने छ भने भारत र बंगलादेशलाई भने जितको विकल्प छैन । प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता छ । ६ अंक नै भएको माल्दिभ्स गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ ।

५ अंक जोडेको भारत तेस्रो तथा ४ अंक जोडेको बंगलादेश चौथो स्थानमा छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो ।

तेस्रो खेलमा गत आइतबार नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.