२ कार्तिक, मेचीनगर: नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत) समाजवादीका प्रदेशदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरुले पार्टी नेतृत्वको ‘रवैया’ प्रति असन्तुष्ट जनाएका छन् ।
नेकपा एमालेको दुई तिहाईको सरकार ढालेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार र काँग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उल्लेखिय भूमिका निर्वाह गर्नुभएका नेकपा(एकीकृत) समाजवादीका अध्यक्ष पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीकोतर्फबाट सरकारमा सामेल हुनका लागि मन्त्री मण्डलमा पार्टीका नेता कार्यकर्ताको नाम पठाउँदादेखि केन्द्रीय कमिटीलाई पूर्णता दिने क्रममा समेत ‘रवैया’ देखाएको भन्दैं नेता कार्यकर्ताहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरका हुन् ।
मन्त्री बन्ने व्यापक चर्चाका विच मन्त्री बन्न नपाएका नेकपा (एकीकृत) समाजवादीका नेता मेटमणी चौधरीले आफु मन्त्री किन बन्न सकिन भन्ने बिषयमा एक टेलिभिजनलाई अन्तवार्ता दिदैं नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मोटो रकम बुझाउँन नसक्दा मन्त्री बन्न नपाएको घुमाउँरो स्विकारोक्ती गदैं चौधरीले आफ्नो मनको बह पोख्नु भएको थियो ।
राजननिती गर्नका लागि पैसा चाहिने मनोविज्ञान रहेको भन्दै नेता चौधरीले आफु सँग पैसा नभएकै कारण मन्त्री बन्न बाट रोकिएको बताउदैं मैलै जे गर्नु पर्दथ्यो त्यो गर्न सकिन अरु साथीहरुले गररे मन्त्री बने भन्दैं पार्टी नेतृत्वप्रति असतुष्टि व्यक्त गर्नुभएको थियो । अवसरवाद र पैसाकै कमालले आफ्नो पार्टीका नेता कार्यकर्ता हरु मन्त्री बनेको चौधरीको बुझाई छ ।
नेता चौधरीको संकेत विशेष गरी मन्त्री भएका प्रेम आले र किसान श्रेष्ठ तिर हो कि भन्ने आशंका छ । तात्कालिन एमालेको आन्तरिक विवादका क्रममा नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निक्कै साथ दिदैं नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीका विरुद्घ खुलेरै नेता चौधरी लाग्नुभएको थियो । तर, मन्त्री बन्ने धोको पुरा नभएपछि अहिले पार्टीको नेतृत्वप्रति उहाँ खुशी हुनुहुन्न । यसैलाई आधार बनाएर धेरै सञ्चारमाध्यमले समाचार लेखे ‘माधवकुमार नेपाललाई ब्रिफकेसका ब्रिफकेस पैसा दिन नसक्दा मन्त्री बन्न सकिनँ’ मेटमणी चौधरी भन्ने शीर्षकमा । मन्त्री बन्न कसरी प्रभाव पार्नु पर्छ भन्ने कुरा आफुले नजानेकोले मन्त्री बन्न नसकेको भन्दै उहाँले प्रभाव पार्न जान्नेहरु मन्त्री भएको अन्तरवार्ताका क्रममा बताउनुभएको थियो । आफु एकोहोरो पार्टी बनाउँन मात्रै लागेको र कुनै लपनपछनमा नलागेका कारण मन्त्री बन्न नपाएको गुनासो उहाँको छ ।
केन्द्रमा मन्त्री मण्डलमा नाम पठाउने क्रमबाट शुरु भएकोे यो असन्तुष्टि अहिले प्रदेशदेखि जिल्लातहमा समेत छताछुल्ल भएको छ । झापाबाट पार्टीको प्रदेश कमिटीमा नेतृत्व गर्ने केही केही नेताहरु समेत अहिले आएर नेकपा (एकीकृत) समाजवादी पनि उस्तै रहेछ भनेर आलोचना गर्न थालेका छन् ।
नेकपा (एकीकृत) समाजवादीको ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी निर्माणका क्रममा समेत पार्टी नेतृत्वले भुल गरेको प्रदेश तहका नेताहरुको बुझाई छ । नेकपा (एकीकृत) समाजवादीले केहीदिनअघिमात्र ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको थियो ।
नेकपा (एकीकृत) समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ । साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।
झापाबाट एउटै घरका आमा छोरालाई केन्द्रिय सदस्य र नेकपा एकीकृत समाजबादी पार्टी झापाको सहइञ्चार्जमा चयन गरेको भन्दैं नेता कार्यकर्ताले असन्तुष्ट व्यक्त गरेका छन् । धेरैले पार्टीको यस्तो ‘रवैया’ धेरै दिनसम्म नटिक्ने र यस्तो गल्तीलाई सुधारेर अब उप्रान्त गल्ती नदोहोरियाउन नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको असोज २१ गतेको स्थायी कमिटिको बैठकले महिला नेता शारदालाई पुर्ण केन्द्रिय सदस्य तथा झापा सहइचार्ज युवा नेता छोरा अशेषलाई बैकल्पिक केन्द्रिय सदस्य तथा झापा सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेकोे छ ।
पार्टीको यो निर्णय लगत्तै अन्य नेता कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गरेका हुन् । ‘नेकपा (एकीकृत) समाजवादीले पार्टीको नेता कार्यकर्ताको काम र पार्टीप्रतिको सक्रियताका बारेमा उचित मुल्याङ्कन गर्न सकेन्’ पार्टीको १ नम्बर प्रदेश कमिटी सदस्यले नाम नलेखिदिने शर्तमा भने —‘पावरले मात्र मन्त्री र केन्द्रीय तहमा जान सकिने रहेछ । हामी सँग त्यो पावर छैन् ।’उहाँले पार्टीले यस्तो गल्तीलाई सुधारेर अब उप्रान्त गल्ती नदोहोरियाउन समेत नेतृत्वलाई सुझाव दिनुभयो ।
‘हिजो तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई प्रतिगमन भन्दैं त्यसका विरुद्घ हामी सडकमा उत्रिएका थियौं ’ ती नेताले भने —‘ हामी प्रतिगमन भन्दैं सडकमा नारा लगाएर हिड्दै गर्दा घरमा सुतेकालाई हामी केन्द्रीय नेता मान्न सक्दैनौ । पावर पहुँचका भरमा केन्द्रीय नेता हुन पाईदैंन । पार्टी अप्ठयारोमा पर्दा काँध हाले र बचाउने हामी आज पार्टी सरकारमा सामेल हुदाँ पद खोज्ने उनीहरु । यो कदम पार्टीको केन्द्रीय नेतृत्व बेलैमा नसच्याए पार्टीले झापामा ठूलो क्षति व्यहोर्नुपर्ने छ ।’ छोरा अशेषका कारण आमा केन्द्रीय सदस्य बनेको उनको आरोप छ ।
आमा शारदा र छोरा अशेषसहित झापा दमकका इन्द्र बुढाथोकी, भद्रपुरका पुष्प पोखरेल र बिर्तामोडका लोकबन्धु कन्दङ्म्बा गरी ४ जनाले केन्द्रिय सदस्यसहित पार्टीको झापाको सहइञ्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
























