यस्ता छन् एमाले स्थायी समिति बैठकका निर्णय

१० बुँदे सहमति कार्यान्वयनमा असन्तुष्टि जनाउँदै कार्यदलबाट भीम रावलको राजीनामा

A notice in Nepali from Mechinagar Ward No. 10

५ कार्तिक, काठमाडौं : नेकपा एमालेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले कात्तिक ११ गते स्थायी समितिको बैठक फेरि बोलाएको छ।

बैठकले राष्ट्रिय महाधिवेसनका प्रतिनिधि चयनका लागि मापदण्ड तयार गर्न कात्तिक ११ गते फेरि स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको छ। त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेसनका लागि रामबहादुर थापाको नेतृत्वमा हिजो बनेको मूल व्यवस्थापन समितिलाई आजको बैठकले पूर्णतासमेत दिएको छ।

जसअनुसार समितिको संयोजक रामबहादुर थापा बादल, सहसंयोजक सुरेन्द्र पाण्डे, विष्णु रिमाल, सचिव पृथ्वी सुब्बा गुरुङ छन्।

यसैगरी सदस्यमा योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दिपक देवकोटा रहेका छन्।

एक जना सदस्य भने पछि मनोनयन गरिने जानकारी ज्ञवालीले दिए। बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

साथै महाधिवेसन प्रतिनिधि चयनका लागि गत चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेकाहरू योग्य रहने निर्णय बैठकले गरेको उनले बताए।

यसैबीच १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धमा बैठकले प्रस्ताव कार्यान्वयन हुँदै गएको र एकाध ठाउँमा समस्या रहेकोले आगामी केन्द्रीय समिति बैठकसम्ममा पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

नेता रावलको राजीनामा

नेकपा एमालेका नेता भीम रावलले १० बुँदे सहमति कार्यान्वयनमा असन्तुष्टि जनाउँदै कार्यदलबाट राजीनामा दिएको घोषणा गरेका छन्।

उनले स्थायी कमिटी बैठकपछि राजीनामा दिनेबारे सञ्चारकर्मीसँग बताएका हुन्। उनले लिखित राजीनामा भोलि बुझाउने जानकारी बैठकमा गराएको बताए।

एमालेको उपाध्यक्षसमेत रहेका रावलले पार्टीको विधि, प्रक्रिया र निर्णयविपरीत दुई जना केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयमा पनि फरक मत राखेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.