देशभर एमालेको वडा अधिवेशन सम्पन्न : कतै सर्वसम्मत कतै नेतृत्व चयन बाँकी

A notice in Nepali from Mechinagar Ward No. 10

६ कार्तिक, मेचीनगर : नेकपा एमालेले शनिबार देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गरेको छ । देशका ६ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गरेको पार्टीले जनाएको छ । कात्तिक ९ गते नेकपा एमालेले पालिका अधिवेशन गर्ने तयारी गरेको छ । ७ सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो ।

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन उद्घाटन भएपनि झापाको मेचीनगरका १५ वटा वडामध्ये केही वडामा मात्र नेतृत्व चयन भएको छ ।

नेकपा एमाले मेचीनगर वडानम्बर—६ ले वडाभरिका चारसय बढी ज्येष्ठ नागरिकहरुहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा शनिबार दशौं वडा अधिवेशनको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । संविधान सभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य, झापा इञ्चार्ज रविन कोइरालाले रुद्राक्षको माला तथा दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गर्नुभएको थियो ।

वडा अधिवेशनको उद्घाटन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता कोइरालाले नेकपा एमालेले ज्येष्ठ नागरिकहरुको सम्मानका लागि ज्येष्ठ नागरिक भत्ता प्रदान गरेको स्पष्ट पार्नुभयो ।
एमालेको नौ महिने कालमा तात्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरे पनि अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चाडपर्वको मुखमा भत्ता नदिएको भन्दैं सरकारको आलोचना गर्नुभयो । उहाँले तत्काल भत्ता वितरण गर्न माग समेत गर्नुभयो ।

वडा अध्यक्ष प्रितम काफ्लेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अध्यक्ष काफ्लेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदन बन्द सत्रले पारीत गरेको नेता रोशन अग्रवालले जानकारी दिनुभयो ।

अधिवेशनमा नेकपा माओवादी केन्द्रका ६ नम्बर वडा कमिटी अध्यक्ष ओम कार्की सहित केही पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका फणिन्द्र घिमिरे समेत नेकपा एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ । सवैलाई अविर टीकालगायत स्वागत र सम्मान सहित पार्टी प्रवेश गराईएको पार्टीले जनाएको छ । वडा सचिव राजु पौंडेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि कोइराला सहित भुपाल शिवाकोटी, राजु पोखरेल लगायतका नेताले सम्बोधन गर्नुभएको नेता अग्रवालले जानकारी दिनुभयो ।

मेचीनगरका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । केही वडामा सर्वसम्मतको प्रयास असफल भएपछि चुनावबाट नेतृत्व छान्नुपर्ने देखिएको छ ।
मेचीनगर वडा नं. ६ मा अध्यक्ष र उपाध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत चयन भएको एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले बताउनुभयो । पार्टीको विधान अनुसार ३१ सदस्यीय वडा कमिटी चयन गर्नुपर्ने भएपनि सवै पदमा सर्वसम्मत नेतृच्व चयन हुन सकेन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष काफ्ले र रामबहादुर तामाङ्ग, उपाध्यक्षमा होम गुरुङ र सञ्जु ढुंगेलको उम्मेद्वारी परेको छ भने सचिवमा राजु पौडेल सर्वसम्मत चयन हुनुभएको छ । नेतृत्व सर्वसम्मत रुपमा अध्यक्ष छान्ने प्रयास भने जारी राखेको नगरका नेता रोशन अग्रवालले जानकारी दिनुभयो ।

१५ वटा वडा रहेको मेचीनगरको वडा नं. २ मा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदमा एकभन्दा बढीको दाबी परेपछि अधिवेशन स्थगित भएको हो । यद्यपि सो वडामा अध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत चयन गरिएको नगर अध्यक्ष पोखरेलले बताए । यस्तै, ३ ले पनि नयाँ अध्यक्ष पाउन सकेको छैन ।

नगरको वडा नं. १ मा भरत मोक्तान, ४ मा अध्यक्ष तिर्थराज नेपाल, ५ मा रविन राउत, ७ मा हाकिमप्रसाद तिम्सिना, ८ मा विष्णु भट्टराई, ९ मा कमलमणि पौडेल, १० मा बलराम चिमरिया, ११ मा सागर ओली, १२ मा धनबहादुर तामाङ, १३ मा भोजराज पराजुली, १४ मा दुर्गा धमला, १५ मा मुरलीधर कोइराला चयन भएका छन् ।

नेकपा एमालेको मेचीनगर वडा नं. १० मा सर्वसम्मत नेतृत्व चयन भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको दोस्रो वडा अधिवेशनले बलराम चिमरियाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । यस अघि प्रकाश खड्काको अध्यक्षतामा वडा कमिटी थियो ।
प्रदेश कमिटी सदस्य ज्ञाननाथ घिमिरे प्रमुख अतिथि रहेको अधिवेशनमा प्रदेश सभा सदस्य एवम् जिल्ला कमिटी सचिवालय सदस्य गोपालचन्द्र बुढाथोकी, झापा विद्रोहमा १७ वर्ष जेल व्यहोरेका वरिष्ठ कम्युनिस्ट नेता सानोदुर्गा अधिकारी लगायत अतिथि रहेका थिए ।
देशभर एकसाथ वडा अधिवेशन हुँदा मेचीनगर–१० मा सर्वसम्मत नेतृत्व चयन भएको हो । वडा कमिटीमा विकाससिंह खड्का, रोशनी तामाङ, तपन बरायली, नारायण खनाल, शिवचरण कायस्थ, सोम ओझा, निर्मल दाहाल, भीमप्रसाद लामिछाने, बिजय राजबंशी, विक्रम कनाल, मुकेश ठाकुर, कृष्ण आचार्य, कृष्णमाया बिके लगायत चयन भएका छन् ।

अधिवेशनमा प्रदेश सांसद् बुढाथोकीको संयोजकत्वमा अध्यक्ष मण्डल बनाइएको थियो । सर्वसम्मत चयन भएको कमिटीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश कमिटी सदस्य ज्ञाननाथ घिमिरे र सांसद् गोपालचन्द्र बुढाथोकीले नेकपा एमाले नेपाली जनताको आशा र भरोसाको पार्टी भएको र आगामी निर्वाचनमा पार्टीले सहजै बहुमत ल्याउने दावी गर्नुभयो ।
कार्यक्रममा वडाका इञ्चार्ज अनिल पौडेलले स्वागत र युवा नेता धर्मेन्द्र खड्काले उद्घोषण गर्नुभएाके थियो । सो अवसरमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र परित्याग गरेका दश जनाभन्दा बढीलाई अबिर लगाएर पार्टी प्रवेश गराइएको थियो ।
उता, बिर्तामोडका अधिकांश वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । नेकपा एमालेको वडा अधिवेशन सुरु हुनु अगावै सर्वसम्मत नेतृत्व चयन गरिएको हो । वडा नं. १ मा अग्नीप्रसाद पाण्डे, ३ मा कुमार बुढाथोकी, ४ मा अर्जुन खरेल, ५ मा लक्ष्मी बाँस्कोटा, ६ मा आइतमाया शेर्मा लिम्बू, ७ मा केशव कार्की, ८ मा विष्णु भट्टराई, ९ मा विष्णुमाया अधिकारी र १० मा इन्द्र प्रसाईंलाई अध्यक्षको जिम्मा दिइएको छ ।

वडा अधिवेशन सम्पन्न पछि एमालेको कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हँुदैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक राखेको छ ।
आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेले १० औँ महाधिवेशन चितवनमा गर्दैछ । एमालेले २०७७ चैत मसान्तसम्म पार्टीको सदस्य बनेकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य मानेको छ ।

महाधिवेशन हुने चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी एमालेले गरेको छ । महाधिवेशनका लागि एमालेले नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले गठन गरेको व्यवस्थापन समितिमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई सह–संयोजक बनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.