कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचनापछि प्रदेशसभा बैठक रोक्न माग !

कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको हो ।

A notice in Nepali from Mechinagar Ward No. 10

७ कार्तिक, विराटनगर : नेपाली कांग्रेस र नेकपा एमालेले आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेका छन्। दुवै दलले प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएका छन्।

आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ।

कांग्रेसले आज प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमण हुने भएकोले बैठक स्थगित गर्न माग गरेको हो । एमालेले कात्तिक ९ गते आफ्नो पालिका अधिवेशनलगायतको कारण देखाउदै बैठक स्थगित गर्न माग गरेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

दुई दलले बैठक स्थगित गर्न माग गरेपछि सभामुख प्रदिपकुमार भण्डारी त्यसबारे परामर्शमा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.